अब एनसेलमा फेसबुक पनी निःशुल्क

३ फागुन, काठमाडौं । निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलमा आज रातिदेखि फेसबुक निःशुल्क चल्ने भएको छ ।

अब एनसेलमा फेसबुक पनी निःशुल्क

एनसेलका म्यानेजिङ डाइरेक्टर साइमन पार्किन्स र फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले संयुक्त रुपमा एनसेलममा निःशुल्क फेसबुक सेवा दिने घोषणा गरे ।एनसेलले फेसबुकसँगको सहकार्यमा निःशुल्क फेसबुक सेवा सुरु गरेको हो । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा एनसेलले ‘सबैका लागि इन्टरनेट’ अभियान अन्तरगत निःशुल्क सेवा सुरु गरिएको बताएको छ ।

काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा एनसेलका म्यानेजिङ डाइरेक्टर पार्किन्सले सबैलाई सहज रुपमा इन्टरनेटमा पहुँच दिने गरी सरकारले थालेको अभियानमा एनसेलले पनि सघाउने बताए ।नसेलका अनुसार अब फेसबुक लगइन गरेर लाइक, कमेन्ट, शेयरका साथै स्टाटस लेख्न पैसा लाग्दैन । साथै फोटो अपलोड गर्न पनि पैसा लाग्दैन । नोटिफिकेशन लगायतका सेवा पनि निशुल्क गरिएको छ ।

आज मध्यरोतिदेखि एनसेलबाट इन्टरनेट चलाउँदा ‘फ्री’को अप्सन पनि आउनेछ । जसमार्फत एनसेल प्रयोगकर्ताले फेसबुक निःल्क चलाउन पाउनेछन् ।

तर, फेसबुक निःशुल्क सेवामा अरुले अपलोड भएका तस्वीरहरु हेर्न सकिने छैन । यसका लागि इन्टरनेट वा डाटा नै प्रयोग गर्नु पर्ने हुन्छ । अप्सनअनुसार डाटा प्याक खरिद वा प्रयोग गरेर तस्वीर हेर्न सकिने छ ।

साथै फेसबुक म्यासेन्जर च्याटका लागि पनि डाटाको प्रयोग गर्नु पर्ने हुन्छ । तर, फेसबुकका धेरै सेवाहरु एनसेलबाट निःशुल्क हुने पार्किन्सले बताए ।फेसबुककी एपीएसी प्रमुख अन्ना नेबग्रेनले नेपालमा एनसेलको सेवासागको सहकार्यमा फेसबुक प्रयोगकर्तालाई सुविधा दिन पाएकोमा खुसी ब्यक्त गरिन् ।

नेपालमा फेसबुकका प्रयोगकर्ताहरुलाई एनसेल र फेसबुकको सहकार्यले फाइदा पुग्ने उनको विश्वास छ ।

एनसेलले हाल निःशुल्क ट्विटर अफर पनि दिएको छ ।


Facebook Comment


No ads found for this position