कवाडी एयरबसमा रेष्टुरेन्ट सञ्‍चालन, जसमा १८० जनाले एकैपटक बसेर खान सक्ने

पछिल्लो समय मानिसहरु निकै सौखिन बन्दै गईरहेका छन् ।

उनीहरु रेष्टुरेन्टमा गएर खान रुचाउन थालिसकेका छन्। खानाका पारखीहरु दिनप्रति दिन नयाँ नयाँ रेष्टुरेन्ट खोज्‍न थालेका छन्। मानिसलाई आकर्षण गर्ने र पारिवारिक वातावरणमा रमाउने खालको हवाइ रेष्टुरेन्ट सञ्‍चालनमा आएको छ। भारतको लुधियानामा यस्तो प्रकारको रेष्टुरेन्ट सञ्‍चालनमा आएको हो।

लुधियानाका दुई दाजुभाईले एउटा पुरानो एयर बसलाई रेस्टुरेन्टमा परिणत गरेका छन्।

उक्त एयरबसलाई दाजु भाई मिलेर नयाँ किसिमको रेस्टुरेन्ट खाना पारखीहरुको लागि उपलब्ध गराएका छन्। यो रेस्टुरेन्टलाई उनीहरुले ‘हवाई अड्डा’को नाम दिएका छन्। उनीहरुले कवाडी भइसकेको ३२० एयरबसलाई दिल्लीदेखि उठाएर ल्याएका हुन्।

यो हवाइ जहाजलाई ४ वटा ठूलो ट्रकमा बोकेर ल्याइएको थियो। यसमा करीब १८० जना एकै पटक बसेर खान सक्छन् तर हावा छिर्ने बनाएकाले ७२ जनाको लागि ठाउँ मात्रै बनाइएको छ। यसलाई बनाउन पुरै चार वर्ष लागेको थियो।

रेस्टुरेन्टका मालिक प्रेमप्रीत सिंह लूथराका अनुसार उसले यो आडिया महाराजा एक्सप्रेसलाई हेरेर आएको बताएका छन्। यो रेस्टुरेन्टमा फर्निचर बाहेर सबै चीज जस्ताको त्यस्तै राखिएको छ।

यहाँ शुद्ध शाकाहारी भोजन मात्रै पाइन्छ। रेस्टुरेन्ट बनाएपछि खाना खाने मानिसको भीड लाग्‍ने गरेको छ। मानिसहरु यहाँ खाना खान अग्रिम बुकिङ समेत गर्ने गरेका छन्।


Facebook Comment


No ads found for this position