पाटन दरबार क्षेत्रको पुनःनिर्माण धमाधम हुदै

काठमाडौं, फागुन ४ । गत वर्ष वैशाखमा गएको शक्तिशाली भूकम्पले उपत्यकाका धेरैजसो पुरातात्विक महत्वका सम्पदामा क्षति पुर्‍यायो ।

तर, २२ महिना हुँदा पनि पुनःनिर्माण र मर्मत–सम्हार नहुँदा चौतर्फी गुनासो बढ्न थालेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भने तुलनात्मकरुपमा चित्तबुझ्दो ढंगले काम अघि बढेको छ ।

भूकम्पले ध्वस्त बनाएका ललितपुरको पाटन दरबार क्षेत्र र आसपासका महत्वपूर्ण सम्पदाको पुनःनिर्माण यतिबेला तीव्रस्तरमा भइरहेको छ ।

कतिपय सम्पदा पुनःनिर्माण सम्पन्न भइसकेको छ भने कतिपय धमाधाम निर्माणको चरणमा छ । पाटन दरबार क्षेत्रको ऐतिहासिक सुन्दरीचोक भवनको पूर्वी भाग र मूलचोकको भवन निर्माण सकिएको छ । भूकम्पले यी दुबै चोकमा रहेका भवन भत्काएको थियो ।

अहिले यी दुबै भवन पुरानैस्वरुपमा देखिने तर पहिलेभन्दा बलियो ढंगले पुनःनिर्माण गरिएको निर्माणको जिम्मा लिएको काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक एवं वास्तुविद् रोहित रञ्जितकारले जानकारी दिए ।

यसअलावा पाटन क्षेत्रकै सबैभन्दा पुरानो मध्येको चार नारायण मन्दिर, हरिशंकर मन्दिर, कृष्ण मन्दिरलगायतको निर्माण पनि फटाफट भइरहेको छ ।


Facebook Comment


No ads found for this position