मिरा राईलाई ३० लाखसहित सरकारले सम्मान गर्ने

फाल्गुन ५, २०७३, युवा तथा खेलकुद मन्त्रालयले अल्ट्रा धाविका मिरा राईलाई तीस लाख नगदसहित सम्मान गर्ने भएको छ । राईलाई प्रशिक्षण दिने प्रशिक्षक ध्रुव विक्रम मल्ललाई पनि नगद तीन लाख सहित सम्मान गर्ने मन्त्रालयले योजना बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको समेत निर्देशनमा युवा तथा खेलकुद मन्त्रालयले यस्तो तयारी थालेको हो । अल्ट्रा धाविकाको रुपमा स्थापित भएकी मिरा राई यस वर्ष चर्चित टेलिभिजन नेशनल जोग्राफीले सार्वजनिक गरेको वर्ष व्यक्ति समेत हुन् । उनी यतिबेला सोही पुरस्कार वितरणको तयारीको क्रममा अमेरिका पुगेकी छन् ।


Facebook Comment


No ads found for this position