भूकम्पले ध्वस्त वारपाकमा १२ होमस्टे सञ्चालनमा

कृष्णमणी बराल

पोखराः भूकम्पले ध्वस्त भएको गोर्खाको पर्यटकीय गाउँ वारपाकका स्थानीयले पुनर्निर्माण गरी तीन महिनादेखि होमस्टे सञ्चालन गरेका छन् । सरकारको राहत पर्खँदा टहराको बास हुने भएपछि आफैं घर बनाएर होमस्टेसमेत सञ्चालन गरेको वारपाक होमस्टे व्यवस्थापन समितिका कोषाध्यक्ष पुरबहादुर घलेले बताए । वारपाकमा १७ वटा घरमा होमस्टे सञ्चालन थियो । हाल १२ वटा घरमा ५० जना पाहुना अट्ने क्षमताका होमस्टे सञ्चालनमा छन् । भूकम्पले घर भत्किएपछि सरकाले घर बनाउन दिने भनेको रकम अझसम्म नदिएकाले गाउँले आफैंले ऋण धन गरेर घर बनाएको सुनाए । सरकारले दिएको त्यही ५० हजार हो ।

सरकारी नियमअनुसार घर बनाएको छैन भन्दै दिने भनेको रकम दिन आनाकानी गरेको उनले सुनाए । सरकारले दिने भनेको रकम दिन कानुनमात्र देखाउँदै आएको उनले बताए । होमस्टे सञ्चालन भए पनि पहिले जस्तो आन्तरिक तथा वह्य पर्यटक आईनसकेको वारपाक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष मनसा गुरुङले बताइन् । प्रचारप्रसारको अभावमा भूकम्पछि बस्ने ठाउँ अझै बनेको छैन भन्ने सोचाइले यो समस्या आएको उनले सुनाइन् । पछिल्लो समयमा यहाँ सुविधा सम्पन्न होटेल पनि बनेको उनले जानकारी दिइन् । पर्यटकीय गाउँ वारपाकमा आन्तरिक तथा वाह्य पर्यटकलाई स्वागत छ । ‘हाम्रो होमस्टेमा आउनुहोस हामी स्वागतमा आतुर छौं’, उनले भनिन् ।

वारपाकमा सातवटा सुविधा सम्पन्न होटेल, अन्य साना होटेल र १२ वटा होमस्टे सञ्चालनमा आएको वारपाक गाविसका सचिव तेजप्रसाद अमगाइले बताए । वारपाकमा भूकम्पपछि १४ सय ४७ घर धुरीले राहत बाँड्दा नाम लेखाएपनि १३ सय एक जनाले राहात लिन आएको र अन्य छुट भएको उनले सुनाए । वमरपर्कमा सबै किसिमको गरी ६ सय घर निर्माण भइसकेको र घर बन्ने क्रम जारी रहेको पनि उनले सुनाए ।

वारपाकमा तीन किसीमका घर बनेको पनि उनले सुनाए । पहिले सरकारी मापदण्ड आउनु अघि बनेका घर एक किसिमले बनेका छन् । सरकारको पहिलो मापदण्ड पक्की घरका लागि ९ वाई १२ को आउँदा एक किसिमको र पछिल्लो सरकारको मापदण्ड १२ वा १२ को आउँदा एक किसिमको भएक उनले बताए । पछिल्लो सरकारी मापदण्ड अनुसार जम्मा डेढसय घर मात्र बनेको उनले सुनाए । अहिलेसम्म ५० हजार मात्र वितरण गरिएको छ । हाल १२ वटा घरमा ५० जना पाहुना अट्ने क्षमताका होमस्टे सञ्चालनमा छन् ।


Facebook Comment


No ads found for this position