नेपाल वायु सेवा निगम ई –टिकेटिङ प्रणालीमा आउने


चीनको चार वटा जहाजबाट आन्तरिक बजार हिस्सा बढाउने र अन्तर्राष्ट्रिय उडानमा नयाँ एयरबस आएपछि बजार बढ्ने उनको अनुमान छ।कंशाकारले निगमका कर्मचारीले बजार हिस्सा बढाउन दत्तचित्त भएर लागेको बताउँदै सबै रणनीति अख्तियार गरेर बजार हस्तक्षेप गर्ने दाबी गरे।त्यही नीति अन्तर्गत निगमले थप गरिएका दुईवटा चिनियाँ जहाजवाट हप्तामा ९० उडान गर्ने जनाएको छ। यसअघि हप्तामा ७० वटा उडान भर्दै आएको निगमले थप उडान थालेको हो।
जहाज थप भएपछि बुधवार निगमले आन्तरिक तर्फका उडानमा हेरफेर नगरी संख्या थप गरेको हो। एमए ६० जहाजले दैनिक दुई पटक काठमाडौं – विराटनगर र काठमाडौं – धनगढी दैनिक उडान भर्नेछ । हप्ताको आइतबार,सोमबार,मंगल र शुक्रबार काठमाडौंबाट भद्रपुर उडान गर्नेछ।
मंगलबार, विहीवार र शनिबार काठमाडौ –भैरहवा उडान गर्ने निगमको जानकारी दिएको छ । वाइ १२ ई जहाजले दैनिक दुइपटक काठमाडौं– पोखरा, काठमाडौं – नेपालगञ्ज उडान गर्ने जनाएको छ । मंगलबार, बिहीवार र शनिबार काठमाडौं –सिमरा उडान हुनेछ। त्यस्तै काठमाडौं भैरहवा आइतवार, सोमवार, बुधवार र शुक्रवार उडान हुनेछ।