कोरियाले आगामी वर्ष १० हजार नेपाली कामदार लैजाने

काठमाडौं । दक्षिण कोरियाले आगामी वर्ष १० हजार नेपाली कामदार लैजाने भएको छ ।
अहिलेसम्म करिब तीन हजारको हाराहारीमा नेपाली कामदार कोरिया लगेको भए पनि अब सन् २०१८ मा १० हजार नेपाली कामदार कोरिया लैजान लागेको इपिएस कोरिया शाखालाई त्यहाँको मानव संशाधन विभाग ९एचआरडी०ले जानकारी गराएको हो ।
शाखाका निर्देशक बाबुराम खतिवडाका अनुसार कोरियाको सरकारले यो वर्ष १० हजार २ सय कामदार लैजाने औपचारिक जानकारी गराइसकेको छ । नेपाली कामदार कोरियामा इमान्दर देखिएकाले कोटा बढ्न लागेको जानकारी गराइएको छ । आगामी वर्षका लागि चैतको ९ गतेदेखि १८ गतेसम्म भाषा परीक्षाको लागि आवेदन दिने समय तोकिएको छ ।
तर भाषा परीक्षा भने जेठको अन्त्य या असारको पहिलो साता हुने भएको छ ।