तीन विमान उडाएर नेपाल एयरलाइन्सले सात महिनामा तीन अर्ब कमायो

२३ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगले तीन न्यारोवडी उडाएर चालु आर्थिक वर्षको सात महिनामा तीन अर्ब रुपैयाँ कमाएको छ। दुई एयरबस र एउटा बोइङ ७५७ विमानबाट विभिन्न ८ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको निगमले साउनदेखि माघ मसान्तसम्म यात्रुबाटमात्र ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै यहीबीचमा निगमले कार्गोबाट ३ करोड,ब्यागेजबाट पनि ३ करोड रुपैयाँ आर्जन गरेको जनाएको छ। सात महिनामा कूल ५ अर्ब ४२ करोड आर्जन गरेको निगमको आन्तरिक उडानबाट भने न्यूनमात्रामा नाफा रहेको छ।
१ सय ५६ सिटे  दुई एयरबस र १ सय ९० सिटे बोइङमार्फत भारतका तीन सहर,कतारको दोहा,दुबई,मलेसिया,हंककंक र बैंककमा उडान गरिरहेको छ। साभार सेताेपाटी


Facebook Comment


No ads found for this position