विधिविहीन बन्दै कांग्रेस

२५ फागुन, काठमाडौं । ‘पार्टी विधान अक्षरशः कार्यान्वयन गर्दै नेता, कार्यकर्ता, शुभेच्छुकको उर्जा एवम् क्षमतालाई सुदृढ र गतिशील पार्टी निर्माणमा लगाउनु छ’, नेपाली कांग्रेस सभापतिमा भोट माग्दै शेरबहादुर देउवाले ठीक एक वर्षअघि भनेका थिए ।

तर उनले पार्टी नेतृत्व सम्हालेको एक वर्षमा कांग्रेस विधि र विधानअनुसार नचली विधिविहीन पार्टी बन्न पुगेको छ ।

पार्टी मूल नेतृत्वमा निर्वाचित भएको एक वर्षमा सभापति देउवा विधानअनुसार संगठानिक कार्यसम्पादन गर्न असफल बनेका छन् । विधानअनुसार महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने समिति र निकाय गठन भएको छैन ।

सभापतिको औपचारिक जिम्मेवारी सम्हालेको दिन रामचन्द्र पौडेलसहित सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका देउवाले चारपटक गरी १२ केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।

बाँकी नौ केन्द्रीय सदस्यसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री मनोनयन भएका छैनन् । त्यस्तै, संसदीय समिति, केन्द्रीय कार्यसम्पादन विभाग, जेष्ठ राजनीतिज्ञ सभासहित समिति गठनमा नेतृत्व उदासीन देखिएको छ ।नेतृत्वको उदासीनताले वरिष्ठ नेता रामचन्द्र पौडेल समूह चिडिएको छन् ।

 


Facebook Comment


No ads found for this position