सप्तरीमा कसले गोली हान्यो?
२५ फागुन, काठमाडौं । तीन जनाको मृत्यु र दर्जनौं घाइते हुने गरी सोमबार राजविराजमा भएको घटनामा आफूले गोली नचलाएको नेपाल प्रहरीले प्रष्टीकरण दिएको छ । उसले आफूले नभई व्याक फोर्सका रुपमा खटिएको सशस्त्र प्रहरीले गोली चलाएको दाबी गरेको छ।
स्रोतका अनुसार, नेपाल प्रहरीका जिम्मेवार अधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मंगलबार विहान आफूले नभई सशस्त्र प्रहरीले गोली हानेको जानकारी दिएको हो। प्रधानमन्त्रीसँगको भेटमा प्रहरी अधिकारीहरुले आफ्नो संगठनले फायरिङ नखोलेको र त्यसको थप अध्ययन भइरहेको समेत जनाएको छ। राजधानी दैनिकमा खबर छ। उसले नेपाल प्रहरीले नभई सशस्त्र प्रहरीले खोलेको रिपोर्टिङ फिल्डबाट आएको समेत बताएको छ।राजविराज घटनाबारे छलफल गर्न प्रधानमन्त्री दाहालले गृहमन्त्रीसहित सप्तरीका सिडियो र एसपीलाई बोलाइसकेका छन्।