ट्याक्सी बिलिङ मिटर जडान नगर्ने २४ ट्याक्सी कारबाहीमा

उत्तम काप्री

काठमाडाैंः उपभोक्तासँग आफुखसी शूल्क लिँदै ट्याक्सी बिलिङ मिटर जडान नगर्ने ट्याक्सी लाई धमाधम कारबाही सुरु भएको छ । गूणस्तर तथा नापतौल विभागले अटेर गरी आफ्नो ट्याक्सीमा बिलिङ मिटर नजोडने २४ ट्याक्सी चालक तथा मालिकलाई कारबाही गरेको छ ।

विभागले तीन महिनासम्म बिलिङ मिटर जडानमा लचिलो हुँदा व्यवसायीले नियमनै खारेज गराउन असहयोग गरेपछि सोमबारबाट कारबाही सुरु गरेको थियो । कारबाही सुरु गरेको दुई दिनमै २४ भन्दा बढी ट्याक्सी कारबाहीमा परेको विभागका ट्याक्सी तथा टेम्पो इकाइका प्रमुख विकास ध्वन्जुले जानकारी दिए । विभागले पहिलो चरणमा अनसगमन गर्दै २४ वटा ट्याक्सीलाई २४ घण्टे पुर्जी काट्दै बिलिङ मिटर जडान गर्ने निर्देशन दिएको उनले बताए ।

कारबाही सुरु भएसँगै अहिले ट्याक्सी चालक तथा मालिक धमाधम बिलिङ मिटर जडानका लागि इकाइमा आउन थालेको ध्वन्जुले अन्नपूर्णपोष्टसँग बताए । ‘अहिले इकाइमा बिलिङ मिटर जडानका लागि आउने ट्याक्सीको ठेलाठेल छ’, उनले भने, ‘ सरकार लचिलो हुँदा नै अटेर गरेको तथ्य प्रमाणित भएको छ’।

ट्याक्सीमा यात्रा गर्ने यात्रुले पनि यो सातासम्म पालो आइसकेको बा १ ज ९००० देखि बा २ ज ३२०० सय नम्बरका ट्याक्सीमा बिलिङ मिटर नभएको अवस्थाम सूचना गर्ने विभागले आग्रह गरेको छ । ‘आम नागरिकको सहयो विना कुनै पनि कार्य सम्पन्न हुन सक्दैन’, विभागका महानिर्देशक पुडासैनीले भने, ‘बिलिङ मिटर जडान नगर्ने व्यवसायी लागि जनुसुकै अवस्थामा पनि कारबाही हुन्छ ।’

तीन सय भन्दा बढीमा बिलिङ मिटर

विभागले कारबाही सुरु गरेको दुई दिनमै ३ सय ४ वटा ट्याक्सीमा बिलिङ मिटर जडान भएको इकाइ प्रमुख ध्वन्जुले बताए । तीन महिनासम्म १३ सय २३ वटा ट्याक्सीमा बिलिङ मिटर जडान भएको थियो । जब विभागले यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र सरोकारवालहरुको सहयोगमा कारबाही प्रक्रिया थाल्ने निर्णयसँगै प्रिन्टर मेसिन सहितको बिलिङ मिटर जडान गर्ने आउनेको भिड बढेको हो ।

अहिले आर्थिक रुपमा कमजोर भएका व्यवसायी समेत कारबाही हुने डरमा समय माग गर्दै इकाइमा आइपुगेको छन् । अटेर गर्नेहरुले पनि धमाधम मिटर सिल तोडेर बिलिङ मिटरका लागि इकाइमा आइसकेको छन् । इकाले भने २७ साताको तालिका सर्वाजनिक गर्दै आलोपालो स्टिमा बिलिङ मिटर जडान काम गरिरहेको छ । अब विस्तारै बाग्मती अञ्चल बाहिरका ट्याक्सीका पनि बिलिङ मिटर जडान सुरु गर्ने तयारी भएको विभागको भनाई छ ।

साथै विभागले सरकारले तोकेको भन्दा बढी भाडा नर्तिन समेत यात्रुलाई आग्रह गरेको छ । सरकारी रेट अनुसार सुरुमा १४ रुपैयाँ र त्यसपछि प्रतिकिलो मिटर ३६ रुपैयाँ भाडा निर्धारण गरेको छ ।


Facebook Comment


No ads found for this position