वायुसेवा निगम डुबाउन ठूलो गिरोह सक्रिय

काठमाडौं– नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले नेपाल वायु सेवा निगमलाई जहाज खरिद रोक्न ठूलो गिरोह लागिपरेको बताएका छन् ।

समितिमा बोल्दै कंसाकारले जहाज नेपाल आएपछि  खरिद गर्न रोक्ने गिरोहको पर्दाफास गर्ने चेतावनीसमेत दिए । उनका अनुसार रणनीतिक साझेदारी र नयाँ जहाज एकै समय नेपाल भित्रिने भन्दै उनले स्पष्ट कार्ययोजना र सञ्चालन कार्ययोजना सहित निगम अगाडि जाने बताए ।

आइतबार व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा बोल्दै उनले निगमलाई डुबाउने अभियानमा ठूलै शक्ति लागिपरेको बताएका हुन् । उनले सबै खाले अवरोध चिरेर वाइडबडी जहाज ल्याएर नेपाली जनतालाई सुविधा दिन निगम प्रतिबद्ध रहेको पनि बताए ।

समितिमा बोल्दै कंसाकारले जहाज नेपाल आएपछि  खरिद गर्न रोक्ने गिरोहको पर्दाफास गर्ने चेतावनीसमेत दिए । उनका अनुसार रणनीतिक साझेदारी र नयाँ जहाज एकै समय नेपाल भित्रिने भन्दै उनले स्पष्ट कार्ययोजना र सञ्चालन कार्ययोजना सहित निगम अगाडि जाने बताए ।

कंसाकारले निगमलाई गरिखाने सरकारी संस्थानका रुपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्दै एयरबस ए ३३०–२०० खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा निगमका आर्थिक विनियमावली अक्षरशः पालना गरेकोले कुनै पनि हालतमा जहाज खरिद प्रक्रिया नरोकिने बताए ।

तर, आइतबार बसेको समिति बैठकले वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको आंशकामा विस्तृत विवरण मागेको छ ।

समितिका अनुसार नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिदका क्रममा अनियमिता भएको भन्ने उजुरी समितिमा परेको थियो । त्यसैले त्यसमाथि भएको छलफलपछि खरिद प्रक्रियाको सम्पूर्ण विवरण पाँच दिनभित्रै समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन समितिले दिएको छ ।

निगमले दुईवटा वाइडबडी जहाज ए३०० खरिदका लागि बैना रकमसमेत पठाइसकेको छ । त्यस्तै, बैठकले आगामी तीन महिनाभित्रै निगममा उपयुक्त विदेशी साझेदार भिœयाइसक्न पनि समितिले निर्देशन दिएको छ । समिति बैठकले चिनियाँ जहाजको खरिद लागत तथा हाल सञ्चालनबाट प्राप्त भइरहेको उपलब्धिबारे पनि प्रतिवेदन बुझाउन भनेको छ ।

यस्तै, समितिले निगम सञ्चालन सम्बन्धी वित्तिय योजना पनि पेश गर्न भनेको छ ।

समितिमा दिइएको जानकारी अनुसार नेपाल वायु सेवा निगमले चालु आर्थिक वर्षको ६ महिनामा १३ करोड ७१ लाख २६ हजार ७० रुपैयाँ (कर बाहेक) नाफा कमाएको छ । निगमले साउन १ गतेदेखि माघ २९ गतेको अवधिमा सो नाफा कमाएको हो । निगमले सो अवधिमा पाँच अर्ब चार करोड २० लाख आम्दानी गरेर चार अर्ब ४३ करोड १२ लाख खर्च गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय हवाई उडानबाट तीन अर्ब आठ करोड सात लाख रुपैयाँ र आन्तरिकतर्फको उडानबाट ११ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, ग्राउन्ड ह्यान्डलिङबाट एक अर्ब ७६ करोड ३५ लाख रुपैयाँ कमाएको छ । निगमले एक्सेस ब्यागेजबाट तीन करोड २६ लाख तथा कार्गाेबाट तीन करोड २५ लाख आम्दानी गरेको जनाएको छ । त्यस्तै, भाडा तथा लिजबाट एक करोड ६८ लाख आम्दानी गरेको छ ।

निगमले उडान अपरेसनका लागि एक अर्ब ७० करोड, बिमाका लागि १७ करोड ८६ लाख, भाडाका लागि एक करोड, मर्मत सम्भारमा ३८ करोड, कस्टमर सर्भिसमा ६ करोड, मूल्य ह्रासमा ७३ करोड ४७ लाख र प्रशासन सञ्चालनका लागि एक अर्ब ३६ करोड २९ लाख खर्च गरेको छ ।

कंसारकारले उक्त अवसरमा आगामी तीन वर्षभित्रै चारवटा नयाँ विमान थप्ने गरी योजना अघि बढाएको बताए । उनले चाँडै चीनको ग्वान्जाओ र दुबईमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै दुई महिनाभित्रै क्रेडिट कार्ड प्रयोग गरेर संसारभरबाट नेपाल एयर लाइन्सको टिकट खरिद गर्न सकिने पनि जानकारी दिए ।

बैठकमा उपस्थित पर्यटनमन्त्री जीवनबहादुर शाहीले निगमलाई परिवार नियोजन गरेको अवस्थाबाट फेरि नयाँ उचाइमा पु¥याउन आफू लागिपरेको भन्दै निगममा रणनीतिक साझेदारी भिœयाउने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

ग्राउन्ड ह्यान्डलिङ सेवालाई निकाल्ने हो भने निगम घाटामा जाने भन्दै व्यापक आलोचना भएपछि निगमले साझेदार राख्न सहमति दिएको हो ।

यसअघि निगम सञ्चालक समितिले साझेदार भिœयाउने निर्णय गर्दै त्यसलाई सदर गरिदिन मन्त्रालयसँग अनुरोध गरेको थियो ।

यस्तै, समितिमा बोल्दै सांसदहरुले व्यवस्थापन सुधार नगरी कुनै पनि काम अगाडि बढ्न नसक्ने भन्दै तत्काल साझेदार भिœयाउन निर्देशन दिए । मन्त्रालयले ग्लोवल टेन्डरमार्फत साझेदारीका लागि आह्वान गर्ने जनाएको छ । ६ वर्ष पहिले पनि रणनीतिक साझेदार भिœयाउन सम्पूर्ण फाइल तयार पारिएको थियो । तर त्यसबेला फाइल हराएको बहानामा काम अगाडि बढ्न सकेको थिएन । निगमको मुख्य व्यवस्थापनमा जर्मनीको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स लुफ्थान्सा रहने वा नेपाली नै रहने भन्ने विषयमा विवाद भएपछि फाइल हराएको थियो ।साभार नागरीक


Facebook Comment


No ads found for this position