मनाङमा हिमपात

मनाङ, २५ फागुन । मनाङमा फागुनको अन्तिम साता सुरु भइसक्दा पनि हिमपात भइरहेको छ । नेपालकै महत्वपूर्ण पर्यटक मार्ग अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ जिल्लामा अझै चिसो र जीवन कष्टकर बनेको छ ।

मनाङ जिल्लाको मनाङ गाउँ यतिखेर पूरै हिउँले सेताम्मे भएको छ । वसन्त ऋतु विस्तारै बढ्दै गइरहे पनि मङ्गलबारदेखि परेको हिउँले यहाँको जनजीवनमा असर परेको छ । हिमपातसँगै पानी पर्ने सम्भावनासमेत बढेको छ । हिमपातसँगै परेको पानीले झन् मनाङवासीका साथै अन्नपूर्ण पदमार्गमा बढी असर गरेको छ ।


Facebook Comment


No ads found for this position