विप्लब माओवादीको बन्दः प्रभाव शून्य

२८ फागुन, काठमाडौं । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको नेपाल बन्दको खासै प्रभाव परेको छैन ।

राजधानीमा नियमितझैं सवारी साधन गुडेका छन् । बजार पसल पनि खुलेको छ । राजधानीबाट बाहिरिने र भित्रने सावारीसाधन निर्बाध रुपमा आवतजावत भइरहेको ट्राफिक कार्यालयले जनाएको छ ।

 

भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बन्दको आहृवान गरेको हो ।

कञ्चनपुर घटनाको विरोधमा शुक्रबार विभिन्न जिल्लाहरुमा प्रदर्शन भएको थियो ।


Facebook Comment


No ads found for this position