यी हुन् विश्वका उत्कृष्ट २० बस्नलायक देशहरु

बसोबासका लागि दुनियाँमा सबैभन्दा उत्तम देश कुन होला ? पछिल्लो रिपोर्ट अनुसार स्विजरल्याण्ड विश्वका बस्न लायक देशको सूचीमा पहिलो नम्बरमा परेको छ ।

हालसम्म सबैभन्दा बस्नलायक देशको रुपमा रहेको जर्मनीको अवस्था खस्किएर चौथो स्थानमा झरेको छ ।2017 best countries को दोश्रो वार्षिक सूचीमा सांस्कृतिक प्रभाव, सम्पदा, सामर्थ्य, जीवनको गुणस्तर लगायतका मापदण्डलाई आधार बनाएर सोही आधारमा अंक प्रदान गरी देशहरुको वर्गीकरण गरिएको हो ।

यस आधारमा विश्वको सबैभन्दा उत्तम देशमा स्विजरल्याण्ड पर्न सफल भएको छ । दोश्रो स्थानमा क्यानडा छ भने तेश्रो स्थानमा बेलायत छ । त्यस्तै, जर्मनी चौथो र जापान पाँचौँ स्थानमा रहेको छ ।

युएस न्यूज डट कम, वर्ल्ड रिपोर्ट तथा पेन्सिल्भेनिया विश्वविद्यालय अन्तर्गतको व्हार्टन स्कूलका लगायतका शोधकर्ताले विभिन्न तथ्यांकहरु अध्ययन तथा विश्लेषण गरी विश्वका बस्नलायक देशहरुको सूची तयार गरेका हुन् ।

गत वर्ष पहिलो स्थानमा रहेको जर्मनीको अवस्था यो वर्ष खस्किनुमा  खासगरी सन् २०१६ मा भएका आतंकवादी हमलाका साथै आप्रवासीहरुको आगमन बढ्नु मुख्य कारक रहेको छ ।

त्यस्तै अमेरिका पनि गत वर्ष चौथो स्थानमा रहेकोमा यो वर्ष सातौँ स्थानमा झरेको छ ।

विश्वका बस्नलायक अन्य देशहरुमा स्विडेन छैटौँ, अस्ट्रेलिया आठौँ, फ्रान्स नबौँ, नर्वे दशौँ, नेदरल्याण्ड ११ औँ, डेनमार्क १२ औँ, फिनल्याण्ड १३ औँ तथा न्युजिल्याण्ड १४ औँ स्थानमा रहेको छ ।

त्यस्तै सिंगापुर १५ औँ, इटाली १६ औँ, लक्जेम्बर्ग १७ औँ, अस्ट्रेलिया १८ औँ, स्पेन १९ औँ र चीन २० औँ स्थानमा रहेका छन् ।

त्यस्तै अवकाशपछिको जीवन बिताउनका लागि न्युजिल्याण्ड सबैभन्दा उत्तम देश ठहरिएको छ । दोश्रोमा अस्ट्रेलिया, तेश्रोमा स्विजरल्याण्ड, चौंथोमा क्यानडा तथा पाँचौँमा पोर्चुगल रहेका छन् ।

बच्चाबच्ची हुर्काउन चाहीँ स्विडेन सबैभन्दा उत्तम देश ठहरिएको छ । दोश्रोमा डेनमार्क, तेश्रोमा नर्वे, चौथोमा फिनल्याण्ड तथा पाँचौंमा क्यानडा रहेका छन् ।

महिलाका लागि सबैभन्दा उत्तम ५ देशहरुमा देशहरुमा स्विडेन, डेनमार्क, नर्वे, नेदरल्याण्ड र क्यानडा  रहेका छन् भने शिक्षाका लागि सबैभन्दा उत्तम ५ देशमा क्यानडा, अमेरिका, जर्मनी, अस्ट्रेलिया र फ्रान्स रहेका छन् ।


Facebook Comment


No ads found for this position