नेपाल वायुसेवा निगमले पायो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र

 

त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र चिन्ह,आइएसो, प्राप्त गरेको छ।

उडानभन्दा पनि ग्राउन्ड ह्यान्डलिङबाट मनग्ये आम्दानी गरिरहेको निगमले उत्कृष्ट सेवा दिइरहेको भन्दै इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनले निगमलाई प्रमाणत्र दिएको निगमका महाप्रबन्ध सुगतरत्न कंसाकारले जानकारी दिए।

ह्यान्डलिङका कर्मचारीहरुको कडा महनतको फलस्वरुप यो प्रमाणपत्र पाएको र नेपाल सरकारको कुनै पनि निकायले यस्तो प्रमाणपत्र निगमलेमात्र पाएको कंसाकारको दाबी छ।

ग्राउन्ड ह्यान्डलिङ महंगो भएको सुविधा पर्याप्त नभएको भन्दै आलोचना भइरहेको अवस्थामा निगमले अन्तर्राष्ट्रिय संस्थाबाटै प्रमाणपत्र पाएको छ।


Facebook Comment


No ads found for this position