नेशनल जियोग्राफिकको ‘ स्प्रिङ ट्रिप ‘२०१७’ को सूचीमा पोखरा पनि

काठमाडौं । नेशनल जियोग्राफिकले तालैतालको शहर पोखरालाई यात्राको लागी सवैभन्दा राम्रो शहरको सूचीमा राखेको छ । वेस्ट स्प्रिङ ट्रिप २०१७ को लागी पोखरालाई राम्रो सूचीमा राखेको हो ।


युकेको चर्चित ट्राभल पव्लिकेशन नेशनल जियोग्राफिकले यात्रा सुन्दर हिमालयन शहरको शीर्षकसहित नामांकन गरिएको सूचीमा पोखरालाई यात्रुबाट ओझेलमा परेको मणिको संज्ञा दिएको छ ।

पोखराको वर्णन गर्दै नेशनल जियोग्राफीकले लेखेको छ, पोखरा शहर मुख्य द्धार हो भने, त्यहाँ रहेका हिम श्रृङ्खला, अन्नपुर्ण क्षेत्र, प्याराग्लाइडिङ, ताल तलैया लगायत विभिन्न प्राकृतिक सुन्दरता विश्वकै शिर्ष स्थानमा पर्ने गर्दछन् ।

पोखरा नपुगि कसैले त्यहाँको बेग्लै रमाइलोकोे अनुभव गर्न नसक्ने भन्दै नेशनल जियोग्राफिकले पोखरा उपत्यकादेखि २ हजार फिट उचाईमा रहेको सारङकोट, २६ हजार ७ सय ९५ फिट उचाइमा रहेको माछापुछ्रे हिमाल, धौलागिरि, अन्नपुर्ण क्षेत्र, मनास्लु लगायतका क्षेत्रको वर्णन गरेको छ ।


Facebook Comment


No ads found for this position