दार्चुलामा पहिलो पटक महोत्सवको रौनक

हाम्रो गौरव हाम्रो शान, दार्चुला महोत्सव हाम्रो पहिचान भन्ने मूल नाराका साथ दार्चुलामा पहिलो पटक आयोजना गरिएको दार्चुला महोत्सवको शनिवार पहिलो दिन ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

पहिलो दिन स्थानिय कला संस्कृति भल्कने छलिया नाच, सौका समुदायहरुको छलिया नाच लगायत स्थानिय कला संस्कृतिको जर्गेना गर्ने सास्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् । महोत्सवको दार्चुलाका सांसद गणेश सिह ठगुन्नाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको हो । मेलाको मुख्य आकर्षणका रुपमा दार्चुला जिल्लामा पाइने विभिन्न प्रकारका जडिवुडिहरु, अल्लोबाट तयार गरिएका कोट, ढाका टोपी, विभिन्न धार्मिक संस्कृतिक संम्पदाहरुका फोटोहरुका स्टलहरु रहेका छन् । मेलाको भारतिय नागरिकहरुले समेत अवलोकन गरेका छन् ।

पहिलो पटक आयोजना गरिएको दार्चुला महोत्सवको पहिलो दिन अपेक्षा गरिएको भन्दा बढी मानिसहरुले अवलोकन गरेका हुन । मेला अवधि भर कुनै पनि अप्रिय घट्न नदिन जिल्ला स्थित तिन ओटै सुरक्षा निकायहरु सुरक्षामा खटिएका छन् । दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिह थापाको अध्यक्षता तथा सांसद गणेश सिह ठगुन्नाको प्रमुख आतिथ्यततामा उद्घाटन गरिएको हो । ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र रहेको साथै जलस्रोत र बहुमूल्य जडिबुटी रहेको दार्चुलामा महोत्सवको आयोजनाले लाभ पुग्ने आशा गरिएको छ ।

महोत्सवबाट जिल्लाको व्यापार सम्भावनाको प्रचार प्रसार गर्न, जिल्लाभरी रहेका ऐतिहासिक पर्यटकीय तथा सांस्कृतिक धार्मिक स्थलहरुको पहिचान संरक्षण गर्न, जिल्लाको स्थानीय कषि, पशु, वन, घरेलु, उद्योग, आदीको प्रचार प्रसार तथा बजारीकरण, स्थानीय भाषा संस्कृति कला मनोरञ्जन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव एवं पर्यटन मेला आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवको दोस्रो दिन आईतवार राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुति रहने समेत आयोजकले जनाएको छ । मेलामा १ करोडको कारोवार हुने तथा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरीएको छ । मेला अगामी १२ गते सम्म चल्ने छ ।


Facebook Comment


No ads found for this position