शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव

बाह्रसिंगेको झुण्ड हेर्न ख्याती कमाएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक बढाउने उद्धेश्यले शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सञ्चालन भैरहेको छ । पर्यटकिय क्षेत्र शुक्लाफाटाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको महोत्सबको नारा सुदुर पश्चिमको आवाज पर्यटनको विकास राखिएको छ । आइतबारसम्म आयोजना गरिने उक्त महोत्सबमा तीन सय जना आन्तरिक र बाह्य पर्यटकहरुलाई शुक्लाफाटा निकुञ्जमा अबलोकन गराउने लक्ष्य महोत्सब आयोजकले राखेका छन् । महोत्सव उदघाटन अबसरमा स्थानिय राना थारु नृत्य, छलिया नृत्य र मयुर नाचका झाकीहरु प्रस्तुत गरिएको थियो ।

पर्यटकहरुका लागी प्रचार प्रसारको अभाव रहेको भन्दै शुक्लाफाटाको बिकास गर्न र यस क्षेत्रमा पर्यटकहरु भित्रयाउन लागि महोत्सव सहयोगी हुने विश्वास आयोजकको छ । महोत्सवसँगै शुक्लाफाटामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने कार्यक्रम ल्याउनुपर्ने महोत्सवमा आएका भारतीय पर्यटन ब्यवसायीले बताएका छन् ।

पर्यटनको प्रचूर संभावना हुँदाहुँदै पनि राम्रो प्रचार नभएकाले शुक्लाफाँटामा पर्यटकको चहलपहल कम छ । त्यसैले पर्यटक बढाउन नेपाली र भारतीय टुर अपरेटरहरु समेतलाई बोलाएर महोत्सव मनाइएको हो ।
महेन्द्रनगरबाट ७ किमि दुरीको निकुञ्ज मुख्यालयबाट जीप र हात्ती सफारी गराइन्छ । महेन्द्रनगरमा एक दर्जन भन्दा बढी आधुनिक होटल छन् भने शुक्लाफाँटाको प्रबेशद्वार नजिकै परमानन्द भण्डारीको शुक्लाफाँटा जंगल कटेज र रानाथारु सामुदायिक होमस्टले ८ घरमा होमस्टे चलाएका छन् । गर्मी याममा हरेक बिहान र साँझ जीप सफारी गर्दा सयौंको संख्यामा बाह्सीँगाको झुण्ड अवलोकन गर्न सकिन्छ ।


Facebook Comment


No ads found for this position