यी हुन् कलर्सका तीन मोडल मोबाइलका छुट पार्इने

९ चैत, काठमाडौं । नेपालमा कलर्स मोबाइलको आधिकारिक विक्रेता टेलिटेक प्रालिले सामान्य प्रकृतिका मोबाइल चलाइरहेका प्रयोगकर्तालाई स्मार्ट फोनमा परिवर्तन गर्ने लक्ष्यसहित तीन मोडलमा छुट दिने भएको छ । कम्पनीनले पि८५, पि५० र पि३२ का प्राइड सिरिजका कलर्स मोबाइल मूल्यमा छुट प्रदान गरिएको जनाएको छ ।

कम्पनीले पहिले ११ हजार ४ सय ९५ पर्ने पि–८५ मूल्य घटाएर ९ हजार ९ सय ९५ रुपैयाँमा, ७ हजार ४ सय ९५ पर्ने पि–५० अब ६ हजार ६ सय ९५ मा र पहिले ६ हजार ४ सय १० मूल्य रहेको पि–३२ अब ५ हजार ४ सय ९५ रुपैयाँ तोकिएको बताएको छ ।
कम्पनीका अनुसार, पि–८५ मा औँला छापको सेन्सर सुविधा रहेकाले तत्काल बन्द गर्न, खोल्न, तत्काल डायल गर्न, एप र म्यासेज बन्द गर्न, खोल्न मद्दत पुग्छ ।
यसैगरी यसमा १६ जिबी रोम र १ जिबी र्‍याम, पछाडि ८ मेगापिक्सल र अगाडि ५ मेगापिक्सल क्यामेरा
रहेका छन् ।
यस्तै, पि–५० मा १.३ गेगाहर्ज क्वाडकोर प्रोसेसर, २२०० एमएएच ली–आयोन ब्याट्री छ भने पि–३२ माएन्ड्रोइड ६.० मार्समल्लो ओएस, १.३ गेगाहर्ज क्वाडकोर प्रोसेसर र ८ जिबी रोम र १ जिबी र्‍याम सुविधा छ ।
छुट अफरले साधारण मोबाइल प्रयोग गर्ने नेपालीलाई स्मार्टफोनमा प्रवेश गर्ने अवसर दिएको कलर्स मोबाइलका सिइओ सञ्जय
अग्रवालले बताए ।

छुट
कम्पनीले पहिले ११ हजार ४ सय ९५ पर्ने पि–८५ मूल्य घटाएर ९ हजार ९ सय ९५ मा
७ हजार ४ सय ९५ पर्ने  पि–५० मूल्य घटाएर ६ हजार ६ सय ९५ मा

पहिले ६ हजार ४ सय १० मूल्य रहेको पि–३२ अब ५ हजार ४ सय ९५ रुपैयाँमा दिने भएको छ

अवसर

छुट अफरले साधारण मोबाइल प्रयोग गर्ने नेपालीलाई स्मार्ट फोनमा प्रवेश गर्ने अवसर दिएको कलर्स मोबाइलका सिइओ सञ्जय अग्रवालको भनाइ

 


Facebook Comment


No ads found for this position