अनुकुलित आधुनिक सेवासहितको ‘एअर सस्पेन्सन’ एसी बस सन्चालनमा
डडेल्धुरा जिल्ला बाट उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले पहिलो पटक विहिवार देखी घटाल एयर सस्पेन्सन ए,सि बस सेवा संचालनमा ल्याएको छ ।
सुरक्षित यात्राका लागि नया प्रविधि युक्त एन्टीरोड बार र क्लज प्लेट राम्रो भएको उक्त बसमा ए,सि सहित मिनि क्याविन र शौचालय समेत रहेको समितिले जनाएको छ । जिल्ला सदरमुकाम बाट एक औपचारिक कार्यक्रमका विच सेवा प्रारम्भ गरीएको समितिका अध्यक्ष सन्तोष कुमार खड्काले जानकारी दिएका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायि महासंघका वरिष्ट उपाध्यक्ष विजय बहादुर स्वारले एक कार्यक्रमका विच रिवन काटेर सेवा सुचारु गरेका थिए । डडेल्धुरा जिल्लामा प्रधान कार्यालय स्थापना गरि २०६३ साल बाट सेवासुरु गरेको उग्रतारा सार्वजनिक यातायात व्यवसायि समितिले २०७१ सालमा डडेल्धुरा काठमाण्डौ डिलक्स बस सेवा सुरु गरेको थियो भने विहिवार बाट घटाल एयर सस्पेन्सन ए,सि बस सेवा संचालनमा ल्याएको हो । पहिलो पटकका लागि ६ ओटा बसबाट सेवा प्रारम्भ गरि भविष्यमा थप गर्ने योजना रहेको समितिले जनाएको छ ।