यो हो महिलाको लागि ‘स्वर्ग’ झै मानिएको देश

१० चैत, एजेन्सी । एक ताजा सर्भेले स्विजरल्याण्डलाई विश्वको सबैभन्दा उत्कृष्ट   देशको रुपमा छानेको छ भने स्वीडेनलाई महिलाहरुका लागि स्वर्ग भनेको छ ।

वेबसाइट ‘यूएस न्युज एण्ड वल्र्ड रिपोर्ट’ले यस बर्ष केही छक्क पार्ने तथ्यांक निकालेको छ । यस सूचिमा सबैभन्दा माथि रहने गरेको स्विजरल्याण्ड गत बर्ष टप–१० मा पनि परेको थिएन, तर यस बर्ष फेरि आफ्नो स्थान सुरक्षित गरेका छ ।

त्यस्तै, क्यानडा सबैभन्दा उत्कृष्ट देशको सूचिको दोस्रो स्थानमा छ भने, ब्रिटेन तेस्रो स्थानमा छ । गत बर्ष पहिलो स्थानमा रहेको जर्मनी चिप्लिएर चोथो स्थानमा झरेको छ, जसको कारण आतंकी हमला र राजनीतिक तनाव रहेको छ । जापान विश्वको पाँचौँ उत्कृष्ट देश बनेको छ ।

त्यस्तै, अमेरिका गत बर्ष चौथो स्थानमा थियो, तर यस बर्ष सातौँ स्थानमा पुगेको छ । अमेरिका यस सूचिबाट झर्नुको मुख्य कारण डोनाल्ड ट्रम्पलाई मानिएको छ । यो सूचि एक सर्भेमा आधारित छ, जसमा २१ हजारभन्दा बढी मानिसको राय लिइएको थियो, जसलाई ‘बिजनेस लिडर्स’ नाम दिइएको छ ।

यसमा ८० भन्दा बढी देशमा साहसिक कार्य, नागरिकता, सांस्कृतिक प्रभाव, धरोहर, नयाँ व्यवसायको अवसर, सैन्य शक्ति, पर्यटन, शिक्षा, लोकतन्त्र र जीवनस्तरआदिमा मानिसहरुले दिएको रायको आधारमा कुल तथ्यांक तयार गरिएको छ, जसमा स्विटजरल्याड सबैभन्दा राम्रो, उत्कृष्ट क्षेत्रमा पहिलो स्थानमा रह्यो ।

स्वीडेनलाई महिलाका लागि विश्वको सबैभन्दा राम्रो देश मानिएको छ । महिलाका लागि राम्रो देशको चुनावका लागि मानवधिकार, लैँगिक समानता, आयमा समानता, सुरक्षा र विकासलाई आधारमा राखिएको थियो । यति मात्रै होइन, स्विडेनलाई बालबालिकाको विकास तथा हेरचाहका लागि पनि पहिलो मानिएको छ ।

स्वीडेनलाई महिलाका लागि विश्वको सबैभन्दा राम्रो देश मानिएको छ । महिलाका लागि राम्रो देशको चुनावका लागि मानवधिकार, लैँगिक समानता, आयमा समानता, सुरक्षा र विकासलाई आधारमा राखिएको थियो । यति मात्रै होइन, स्विडेनलाई बालबालिकाको विकास तथा हेरचाहका लागि पनि पहिलो मानिएको छ ।

स्विडेनपछि डेनमार्क, नर्वे, न्यादरल्याण्ड क्यानडाको स्थान छ । त्यस्तै, अमेरिका यस सूचिमा १६औँ स्थानमा छ । यद्यपी, सेनामा खर्चको आधारमा अर्थात् विश्वको शक्तिशाली राष्ट्रको रुपमा अमेरिका सबैभन्दा अगाडि छ ।

पछि डेनमार्क, नर्वे, न्यादरल्याण्ड क्यानडाको स्थान छ । त्यस्तै, अमेरिका यस सूचिमा १६औँ स्थानमा छ । यद्यपी, सेनामा खर्चको आधारमा अर्थात् विश्वको शक्तिशाली राष्ट्रको रुपमा अमेरिका सबैभन्दा अगाडि छ ।


Facebook Comment


No ads found for this position