Uk Casino Site: This is a great way to obtain new clients as well as encourage gambling activity on the new bet website.
  • Free Casino No Deposit 2025 Uk - SlottyWay is aiming to make their way in the casino world and already they are on the road to success with an awesome collection of games that tops over 3500 titles.
  • River Belle Casino Ireland: The main difference is the flexibility you have on offer online.
  • Get chips zynga poker

    123 Casinos Free Spins
    They also use famous eWallets like PayPal, Skrill, and Neteller.
    Gambling Figures Uk
    What is the welcome offer at Lanadas Casino, and how much will I get.
    This mobile offering is well-built and you can access most features that are available through the desktop offering.

    Free great blue slot

    Trustly Payment Casino
    It takes 30 gold coins to unlock upgrade number one, 60 gold coins for upgrade number two and 90 gold coins for the final upgrade to the wild.
    Uk California Online No Deposits Casinos
    Some of the best slot games to try at the casino include Origins of Lilith, Hallow Reels, Magic Dragon, and more.
    Best Money Making Casino Games

    सरकारले सहुलितमा दिएको करोडौंको इन्धन भारत तस्करी

    क्रान्ति शाह 

    वीरगञ्ज : भारतीय सीमा नजिकै पर्ने पर्साको धोबीनीमा रहेको इश्लाम आयल पेट्रोल पम्पले चैतको पहिलो सातामा १२ हजार लिटर डिजेल बेचेको छ। त्यही पेट्रोल पम्पले अघिल्लो वर्षको चैतको पहिलो सातामा भने ६ हजार लिटर डिजेल मात्रै बेचेको थियो।

    भारतीय सीभमासँगै जोडिएको बाराको इनर्वामालमा रहेको यश आयल पेट्रोल पम्पले चैतको पहिलो सातामा तीन हजार लिटर डिजेल बिक्री गरेको छ। तर, अघिल्लो वर्षको चैतको पहिलो सातामा भने उसले एक लिटर पनि डिजेल बेच्न सकेको थिएन।

    अघिल्लो वर्षको चैतको पहिलो साता तीन हजार लिटर मात्र डिजेल बेचेको पर्साको रामगढवामा रहेको कलावती आयल स्टोर्सले यसपालीको चैतको पहिलो सातामै १५ हजार लिटर डिजेल बिक्री गरिसकेको नेपाल आयल निगम मध्य क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

    पर्सा र बारामा गरी डिजेल र पेट्रोल बिक्री गर्ने कुल एक सय ६ पेट्रोल पम्प छन्। दुवै जिल्लाका पेट्रोल पम्पलाई वीरगन्जमा रहेको आयल निगमको मध्य क्षेत्रीय कार्यालयले डिजेल र पेट्रोल उपलब्ध गराउदै आएको छ।

    अघिल्लो वर्षको यही सिजनमा एक लिटर पनि डिजेल पेट्रोल नउठाउने पेट्रोल पम्पले अहिले भने हप्तामा १० देखि १२ हजार लिटर तेल बेचिरहेका छन्’, कार्यालय प्रमुख उपेन्द्रकुमार नेपालले भने ,‘ उनिहरुको माग त अझ धेरै छ, तर हामीले सबैलाई पुरयाउने गरी वितरण गरिराखेका छौँ ।’

    विगतको तुलनामा आयल निगमले उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थको अहिले माग व्यापक मात्रामा बढेको कार्यालय प्रमुख नेपालले बताए।

    नेपाल आयल निगमले पर्सा र बाराका उपभोक्तालाई वितरण गर्नका लागि पेट्रोल पम्पलाई सहुलियतमा उपलब्ध गराउदै आएको करोडौं मुल्यको डिजेल र पेट्रोल भारत तर्फ व्यापक मात्रमा तस्करी भइरहेको छ।

    नेपालमा डिजेल र पेट्रोलको मूल्य भारतको भन्दा प्रति लिटर १७ देखि २४ रुपैयाँ सस्तो छ। अहिले नेपालमा रहेका पेट्रोल पम्पले डिजेलप्रति लिटर ७६ रुपैयाँ र पेट्रोल एक सय रुपैयाँ ५० पैसामा बिक्री वितरण भइरहेको छ।

    भारतका पेट्रोल पम्पमा डिजेलको मूल्य प्रति लिटर एक सय रुपैयाँ २४ पैसा (६२ रुपैयाँ ६५ पैसा भारु) र पेट्रोलको मूल्य प्रति लिटर एक सय १७ रुपैयाँ ६३ पैसा (७३ रुपैयाँ ५२ पैसा भारु ) छ। भारतमा भन्दा नेपालमा डिजेल प्रति लिटर २४ रुपैयाँ २४ पैसा र पेट्रोल १७ रुपैयाँ १३ पैसा सस्तो छ।

    नेपालमा मूल्य सस्तो भएकै कारण अहिले भारतसंग सीमा जोडिएका पर्सा र बाराका पेट्रोल पम्पबाट डिजेल र पेट्रोल भारतमा तस्करी भइरहेको हो ।

    कारोबारीहरुले पर्साको धोरे, सबैठवा, भिस्वा, लंगडी, मिर्जापुर, पिडारीगुठी , महादेवपट्टी, सेढवा, जानकीटोला, निर्मलवस्ती तथा बाराको मुसहर्वा, इनर्वामाल, कचोर्वा, सिम्रौनगढ, मटिअर्वा, फेटा नाका हुदै पेट्रोल र डिजेल भारतीय बजार र गाँउमा तस्करी गर्दै आएका छन्।

    पर्सा र बाराको ग्रामीण क्षेत्रमा रहेका पेट्रोल पम्पबाट कारोबारीले खरिद गरेको डिजेल र पेट्रोल ग्यालेन र ड्रममा भरेर साइकल, मोटरसाइकल र ट्याक्टरमा राखेर सीमावर्ती भारतीय बजारमा पुरयाउने गरेका हुन्।

    भारतको भन्दा नेपालमा मूल्य सस्तो भएका कारण नेपालका पेट्रोल पम्पलाई आयल निगमले उपलब्ध गराउदै आएको डिजेल र पेट्रोल अवैध रुपमा भारत तर्फ व्यापक निकासी भइरहेका कारण नेपाली बजारको माग थेग्न नसकेको आयल निगमका क्षेत्रीय कार्यालय प्रमुख नेपालले बताए।

    नेपाल र भारतमा बराबर मूल्य हुँदा पर्सा र बारामा दैनिक ४० हजार लिटर पेट्रोल र करिब डेढ लाख लिटर डिजेलको माग हुन्थ्यो’, उनले भने, ‘अहिले भने उताको भन्दा यता मूल्य सस्तो भएपछि पेट्रोल दैनिक एक लाख लिटर र डिजेल पाँच लाख लिटरको माग भइरहेको छ, पेट्रोल पम्पहरुले मागे जति तेल हामीले दिन सकिरहेका छैनौँ ।’

    आयल निगमको मध्य क्षेत्रीय कार्यालय वीरगञ्जले गत फागुन महिनामा पर्सा र बरामा रहेका पेट्रोल पम्पलाई पेट्रोल १३ लाख २८ हजार लिटर र डिजेल ६९ लाख ४९ हजार लिटेर उपलब्ध गराएको थियो।

    अघिल्लो आर्थिक वर्षको फागुन महिनामै आयल निगमले पर्सा र बाराका पेट्रोल पम्पहरुलाई पेट्रोल १२ लाख ६ लाख लिटर र डिजेल ५८ लाख ९० हजार लिटर उपलब्ध गराएको थियो।

    गत आर्थिक वर्षको फागुन महिनामा भन्दा यस वर्षको फागुनमा पेट्रोल एक लाख २२ हजार लिटर र डिजेल १० लाख ५९ हजार लिटर दुवै जिल्लामा बढि खपत भएको आयल निगमका क्षेत्रीय कार्यालय प्रमुख नेपालले बताए।

    नेपालबाट भारतमा इन्धन तस्करी हुन थालेका कारण बजारमा माग बढेकाले फागुन यता भारतबाट नेपाल आयल निगमले पनि बढी परिमाणमा डिजेल र पेट्रोल आयात गरिरहेको छ।

    गत फागुन महिनामा आयल निगमले भारतबाट वीरगञ्ज नाका हँुदै दुई करोड ८५ हजार लिटर पेट्रोल र पाँच करोड ९८ लाख २५ हजार लिटर डिजेल आयात गरेको छ ।

    गत आर्थिक वर्षको फागुन महिनामै आयल निगमले वीरगन्ज नाका हुदै एक करोड ५९ लाख ८४ हजार लिटर पेट्रोल र चार करोड २० लाख ८६ हजार लिटर डिजेल आयात गरेको थियो।

    आयल निमगको क्षेत्रीय कार्यालयले गत फागुनमा वितरण गरेको डिजेल र पेट्रोलको तथ्याङकलाई मात्रै पनि आधार मान्ने हो भने पर्सा र बाराको नाकाबाट मात्रै भारत तर्फ प्रत्येक महिनामा डिजेल र पेट्रोल गरी करिब १० करोड रुपैयाँ मुल्यको ११ लाख ८१ हजार लिटर इन्धन भारत तस्करी भइरहेको छ।

    निगमको तथ्याङ्क अनुसार एक करोड २२ लाख रुपैयाँ मुल्यको एक लाख २२ हजार लिटर पेट्रोल र आठ करोड चार लाख रुपैयाँ मुल्यको १० लाख ५९ हजार लिटर डिजेल भारत तस्करी भइरहेको हो।

    भारतबाट इन्धन तथा अन्य मालसामान लिएर आउने ट्याङकर, कन्टेनर र ट्रकले पनि मूल्य सस्तो भएकाले सामान खन्याएर भारत फर्किदा नेपालबाटै ट्याङकीमा तेल भरेर फर्किने गरेका छन्।

    यहा सामान खन्याएर उनीहरुले फुल टयाङकी तेल भरेर फर्किन्छन्, नेपालले भने,‘भारतीय बजारमा पुगेपछि त्यही तेल उनीहरुले ट्याङकीबाट खन्याएर पसलमा बेचिदिन्छन, यसरी तेल ओसार्ने भारतीय ड्राइभरलाई एक टिपमा मात्रै चार देखि पाँच हजार रुपैयाँ फाइदा हुन्छ।

    भारतमा तस्करी भएका कारण किसानले डिजेल पाएनन्
    भारतमा पेट्रोल र डिजेलको तस्करी बढेपछि यहाका उपभोक्ताले भने सहज रुपमा डिजेल र पेट्रोल पाउन सकेका छैनन्। कारोबारीहरुले आयल निगमले तोकेको मूल्य भन्दा प्रतिलिटर दुईदेखि तीन रुपैयाँ बढी मुल्यमा डिजेल र पेट्रोल खरिद गर्दै आएका कारण पेट्रोल पम्पका संचालकले उपभोक्ता र किसानहरुलाई डिजेल र पेट्रोल दिन आनाकानी गर्ने गरेको लंगडीका किसान अब्बास मियाले बताए।

    ‘खेतीबारीको सिजन छ, खेतमा सिंचाइ गर्न दमकल (पम्पीसेट) चलाउन डिजेल चाहिन्छ, तर पेट्रोल पम्पमा पाइएको छैन’, उनले भने ,‘तस्करहरुले लिटरमा २÷३ रुपैयाँ बढी दिन्छन्, त्यसैले पेट्रोल पम्पवालाले हामीलाई डिजेल नै दिन मान्दैनन् ।’

    इन्धनको तस्करी रोक्न निगम र प्रहरी असफल
    आयल निगमले उपभोक्तालाई सहुलीयतमा वितरण गर्नका लागि पेट्रोल पम्पलाई उपलब्ध गराएको डिजेल र पेट्रोल भारत तर्फ तस्करी भइरहेको भए पनि त्यसलाई नियन्त्रण गर्न नसकिएको कार्यालय प्रमुख नेपालले स्वीकार गरेका छन्।

    ‘पेट्रोल पम्पहरुको अनुगमन र नियमन गर्ने काम त हाम्रै हो’, उनले भने ,‘तर हामीसंग जनशक्तिको अभाव छ, चाहेर पनि तस्करी रोक्न सकिरहेका छैनौं।’

    पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले भने ग्रामीण नाकाबाट इन्धनको तस्करी भइरहेको खबर आफू कहा पनि आएकाले यसलाई रोक्नका लागि सीमा क्षेत्रमा प्रहरी खटाइने बताए।साभार अन्नपुर्ण


    Facebook Comment


    No ads found for this position