नेपाली आकासमा खतरनाक बादल

सुबोध गौतम

काठमाडौं- हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झन्डै साता भयो। मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन्।

तपाईंलाई थाहा छ? कति थरी हुन्छन् आकाशमा बादल? अनि कुन बादल कस्तो प्रभाव पार्ने खालको हुन्छ?

मौसमविद्का अनुसार आकाशमा तीन तहका दसथरी बादल हुन्छन्। ‘कुनै बादल मानवका लागि एकदमै जोखिमयुक्त त कुनै कम जोखिमयुक्त हुन्छन्’, वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले नागरिकस“ग भने, ‘यसपालिको प्रारम्भिक मौसममै खतरनाक बादल सक्रिय भइरहेको देखिन्छ।’

उनका अनुसार अहिले नेपाली आकाशमा ‘क्युमोलोनिम्बस’ नामक बादल सबैभन्दा सक्रिय हुन्छ जुन मानवका लागि निकै खतरनाक मानिन्छ।

विश्व मौसम संगठनले बिहीबार समापन गरिएको मौसम दिवसको यसपटकको नारा नै ‘बादललाई बुझौं’ राखेकाले संसारभर बादलका प्रकार, चरित्र र गतिविधिबारे चर्चा भए। यही चर्चास“गै जल तथा मौसम विज्ञान विभागले पनि आमनागरिकलाई बादलबारे बुझाउने प्रयास गर्‍यो।

दिवस समापन कार्यक्रममा बिहीबार बादलबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका युवा अनुसन्धानकर्ता सुमनकुमार भट्टराईले भने, ‘बादल धेरै किसिमका छन्। बादल लाग्ने कारण पनि फरक छन् र चरित्र पनि। यति मात्र होइन, वायुमण्डलको तहअनुसार बादल देखिन्छ।’

उनका अनुसार आम नागरिकले बादल छुट्ट्याउन नसके पनि मौसमबारे अध्ययन गरेका विद्यार्थी र विज्ञले केही बादललाई सामान्य रुपमा ठम्याउन सक्छन्। भट्टराई अनुसार बादल तीन तहमा बस्छ। पहिलो जमिनको सतहबाट ६ हजार ५ सय फिट माथिसम्म, दोस्रो ६ हजार ५ सय फिटदेखि ३३ हजार फिटसम्म र तेस्रो १६ हजार ६ सयदेखि ४५ हजार फिटसम्म।

शाक्यले भनेजस्तो दस प्रकारका बादलको नाम शब्दकोशमा पनि छैन। उनका अुनसार तीन तहमध्ये पहिलो तहमा स्टाट्स, स्टाटोक्युमोलस, क्युमोलस, निम्बोस्टाटस, क्मोलोनिम्बस, दोस्रो तहमा अल्टो स्टाट्स, अल्टो क्युमोलस र तेस्रोमा सिरस, सिरोक्युमोलस र सिरोस्टाट्स बादल रहन्छन्।

उनले क्युमोलोनिम्बस (सिबी) बादलले थोरै समयमा धेरै पानी पार्छ। सबैभन्दा धेरै पानी पार्ने बादल यही हो। ६५ सय फिटमाथिबाट बन्ने यो बादल वायुमण्डलको उच्च तहसम्म बस्छ। तलदेखि माथि ठाडो गरी एकदम बाक्लो अवस्थामा बसेको हुन्छ। कपासजस्तो बाक्लो खुजमुज्ज भएर बस्छ। ‘मुसलधारे पानी पार्ने बादल यही हो’, शाक्यले भने, ‘यो बादल लागेको बेला चट्ट्याङ पनि धेरै पर्छ। बाढीको सम्भावना बढी हुन्छ। यसबाट नेपालमा धेरै मानवीय क्षति पनि भइरहेको छ।’

विमानचालकलाई मौसमसम्बन्धी तालिम दिँदै आएका उनले विमान चालकहरु क्युमोलोनिम्बस बादलस“ग धेरै डराउने गरेको बताए। ‘यो बादलभित्र विमान पस्यो भने दुर्घटनाको सम्भावना बढी हुन्छ’, शाक्यले भने, ‘विमान उडाउँदा सिबी क्लाउड आयो भने पाइलटहरु धेरै आत्तिन्छन्। यसले एयर ट्राफिकलाई सधैँ जोखिममा राख्छ।’

 युवा अनुसन्धानकर्ता भट्टराई यही बादलका कारण विमान दुर्घटना भएका उदाहरण रहेको बताउँछन्। उनका अनुसार मनसुन सुरु भएपछि दोस्रो तहमा हुने बादल सक्रिय हुन्छन्। ‘यस्तो बेला चट्याङ पर्ने र थोरै अवधिमा धेरै वर्षा हँुदैन तर नियमित रुपमा घन्टौंसम्म वर्षा भइरहन्छ। यो वायुमण्डलमा धेरै क्षेत्रफल ओगटेर बसेको हुन्छ’, भट्टराईले भने।

उनका अनुसार वायुमण्डलको माथिल्लो तह (तेस्रो) मा हुने बादलले त्यति पानी पार्दैन। जमिनबाट ४५ हजार फिटसम्म हुने यो बादलबाट पर्ने पानी जमिनसम्म थोरै मात्र आइपुग्छ। मौसमविद्का अनुसार यीबाहेकका अन्य बादलको चरित्र र गतिविधि ‰वाट्ट हेरेर छुट्ट्याउन सकिँदैन।साभार नागरीक


Facebook Comment


No ads found for this position