लोप हुँदै कोल

खम्म खत्री 

१२ चैत, अछाम ।केही समय अगाडि अछामका विभिन्न गाउँ गाउँमा पाईने तेल पेल्ने कोल संरक्षणको अभाबमा लोप हुन थालेका छन । कोलमा पेलियको तोरीको तेल शुद्ध र स्वच्छ हुने भएपनी संरक्षणको अभावमा कोल लोप हुदै गइरहेका छन । कोलमा तोरी, तिल, चिउरी लगाएतका तेलजन्य पदार्थ पल्ने गरिन्छ ।
ठुलो चेप्टो ढुंगाको विचमा प्वाल पारी काठको १० फिट जती लामो वियो र पाटको सहायतमा गोलो घेरामा जस्तै घुम्दै तेल पेल्ने गरिन्छ । ‘केहि जनाले कोलमा ढुंगा राखेर घुमाउछन भने दुई जनाले तोरी अथवा अन्य पेल्ने वस्तुलाई बावियोको सहायतामा हातले मिलाउदै पेल्नुपर्छ, पेल्न सुरु गरेको आधा घण्टाको अबधिमा तेल चुहिन सुरु हुन्छ’ ढकारी गाउपालिका स्थित बलाताकी ७० वर्षिया गोमा बुढाले सुनाईन ।

पहिले पहिले गाउ गाउमा कोल हुन्थे सबै जना कोलको सहायतामा पेलिएको शुद्ध तेल प्रयोग गर्न पाउथे ‘आजकाल सबै जसो ठाउमा डिजलवाट चल्ने मिल स्थापना भए संगै कोल हराउन थालेको सोही गाउकी नन्दा साउदको बुझाईछ । कोलको तेल शुद्ध र स्वच्छ हुने भएपनी संरक्षणको लागि पहल नगरिदा लोप हुने खतरामा पुगको हो ।


Facebook Comment


No ads found for this position