बसन्त ऋतुमा नेपाल घुम्न उपयुक्त गन्तव्य :लोनली प्लानेट

१२ चैत, काठमाडौं । ट्राभल वेबसाइट लोनली प्लानेटले बसन्त ऋतुमा नेपाल घुम्न उपयुक्त गन्तव्य भएको उल्लेख गरेको छ। विशेषगरी सगरमाथाको आरोहणको लागि यो समय उपयुक्त भएको उसले बताएको छ। अप्रिलमा भ्रमणको लागि उपयुक्त गन्तव्यको सूची सार्वजनिक गरेको लोनलीले चारवटा गन्तव्यको बारेमा उल्लेख गरेको छ जसमा नेपालको सगरमाथा आधारशिबिर पनि रहेको छ।
शाहसिक भ्रमणको लागि नेपाल उपुक्त गन्तव्य भएको उल्लेख गर्दै उसले भ्रमण गाइड पनि दिएको छ। उसले काठमाडौंंदेखि आधारशिबिरसम्मको यात्रविवरण चाहिने सामग्री,समयको बारेमा बताएको छ।
घुमफिरको लागि संसारभरका यात्रुहरुले यो वेबसाइटलाई विश्वास गर्छन्। यस्ता साइटले नेपालको प्रचार गर्दा नेपाल आउने पर्यटकहरुलाई आकर्षित गर्ने पर्यटनसँग सम्बन्धित अधिकारीहरुको भनाइ छ।