फूलबारी रिसोर्ट विगत तीन सातादेखि बन्द

पोखराः पोखराको पाँचतारे फूलबारी रिसोर्ट विगत तीन सातादेखि बन्द  छ । कर्मचारी आन्दोलनको कारणले करिब तीन सातादेखि सो रिसोर्ट ठप्प भएको रिसोर्टका जनरल म्यानेजर राम क्षेत्रले बताए ।

रिसोर्ट व्यवस्थाप पक्षबाट श्रम कार्यालयमा भएको एक चरणको वार्ता तथा छलफलबाट समेत निष्कर्ष निकाल्न नसके पनि सो रिसोर्ट अझै कति दिनसम्म ठप्प हुने हो अन्योलमा रहेको एक कर्मचारी दलबहादुर छुमीले बताए । उनका अनुसार आफूहरूले तलब, भक्ता, सञ्चयकोष, सर्भिस चार्ज, मजदुरकोषलगायतका माग राख्दै जाँदा व्यवस्थापन पक्ष गम्भीर नभएकाले कर्मचारी आन्दोलन हुँदा रिसोर्ट ठप्प भएको हो ।

मजदुर संगठनका नेतासमेत रहेका छुमीले भने, “संस्था रहे पो हामी अनि हाम्रो सेवा सुविधा हुन्छ, हाल मिलेसम्म मिलायर अघि बढौंभन्दा केही साथीहरूको अडानको कारणले गर्दा रिसोर्ट लामो समयदेखि ठप्प हुन पुगेको हो, यो अझै कति दिन ठप्प हुने हो अन्योल छ । ”

आफूहरूले विगत दुई महिनादेखि नपाएको तलब र २६ महिनादेखि सञ्चयकोषमा नराखेको रकम माग गर्दा रिसोर्ट सञ्चालन गर्ने व्यवस्थापकले व्यवस्था गरेकाले आफूहरू फागुन १५ देखि आन्दोलनमा उत्रिएको सिल्वालले बताए ।

कर्मचारीहरूको दुई महिनाको तलब रोकिएकोले एक महिनाको दिन्छौंभन्दा भन्दै कर्मचारीहरू कामै छाडेर आन्दोलनमा उत्रिएकाले रिसेर्ट सञ्चालनमा समस्या आएको जनरल म्यानेजर क्षेत्रीले बताए । काठमाडौंको सिनामंगलमा रहेको कार्यालयबाटै आर्थिक कारोबार हुने भएकोले स्थानीय रुपमा कार्यरत कर्मचारीहरूलाई समयमै तलब भक्ता खुवाउन नसकिएको बताइन्छ ।


Facebook Comment


No ads found for this position