Roulette Online Real Money Canada: The high number of active paylines means that you stand a good chance of winning with each spin.
  • Uk Casino Gaming - You can substitute other cards in the deck with joker cards to come up with a winning combination.
  • Heycasino Bonus Codes 2025: Bets are still at the lower stake level, and the lowest visible hand acts first.
  • Bingo games to play

    Roulette Systems That Work
    The bonus is credited to your account.
    Slot Fortune Gems By Tada Gaming Demo Free Play
    When the Witch appears she expands to cover the entire reel and winnings get tripled.
    When you open it, you'll see the terms and conditions of your promotion.

    Poker bet365 bonus code

    Novomatic Games Uk
    Later, the game reached Germany where it was used as a didactic children's game.
    Slot Casions In Canada
    When one or more substitutes in a win, the highest one is being paid.
    Best Free Casino Games Online Canada

    चितवनका १० गैंडा शुक्लाफाँटा र बर्दिया लैजाँदै

    अब्दुल्लाह मियाँ

    पटक–पटकको गैंडा स्थानान्तरणबारे विशेषज्ञ र चितवनवासीको ‘तीव्र आक्रोश’ बीच फेरि वन मन्त्रालयले आगामी साता चितवन निकुञ्जका १० गैंडा शुक्लाफाँटा र बर्दिया निकुञ्ज लैजाँदै छ । राष्ट्रिय निकुञ्ज विभागले २१ चैतदेखि गैंडा सार्न सुरु गर्नेछ ।

    गत वर्ष बर्दियाको बबई उपत्यका लगिएका एउटा भाले गैंडा र विगतमा ७० भन्दा बढी गैंडा मरेको भन्दै चितवनवासी र संरक्षण क्षेत्रका विशेषज्ञले स्थानान्तरणलाई ‘मार्ने कि सार्ने’ भनी प्रश्न उठाइरहेका बेला फेरि सार्न लागिएको हो ।

    करिब ३० वर्षको अवधिमा चितवन निकुञ्जबाट ९२ गैंडा स्थानान्तरण गरिएका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन् ।

    ‘पहिलो चरणमा शुक्लाफाँटा निकुञ्जमा ५ गैंडा लगिनेछ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले कान्तिपुरसित भने, ‘तयारी पूरा भइसक्यो ।’ शुक्लाफाँटामा १६ वर्षअघि ४ गैंडा स्थानान्तरण गरिएका थिए । त्यहाँ अहिले १० गैंडा छन् । १६ वर्षमा ६ वटामात्र गैंडा बढ्नुलाई विशेषज्ञहरूले खासै प्रगति मानेका छैनन्  ।

    शुक्लाफाँटा निकुञ्जमा सारेलगत्तै बर्दियाको बबई उपत्यकामा ५ गैंडा लगिनेछ । जहाँ अहिले ४ बयस्क र एक बच्चा गैंडा छन् । गत वर्षको फागुनमा बबईमा ३ पोथी र दुई भाले गरी ५ गैंडा चितवनबाट लगेर छाडिएका थिए । त्यसमध्ये एउटा गैंडा बिरामी भएर १९ फागुनमा मरेको छ । करिब एक वर्षको बीचमा दुइटा पोथीले बच्चा जन्माएकामा एउटा बच्चा गत माघ १ गते बाघले मारिदिएको छ । विभागले शुक्लाफाँटाका बाह्रसिंगा चितवन निकुञ्ज ल्याउनेछ ।

    स्थानान्तरण गरिएका गैंडा मरिरहेका बेला मन्त्रालय र निकुञ्ज विभागले भने फेरि स्थानन्तरणमै जोड दिएको छ । विभागका अधिकारीहरू भने शुक्लाफाँटा र बबईमा अहिले गैंडाको संख्या थोरै भएका कारण वंश विस्तार हुन नसकेकाले स्थानान्तरणलाई जोड दिनुपरेको तर्क गर्छन् ।

    स्थानान्तरणमा संकटापन्न सूचीका वन्यजन्तु स्थानान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को मार्गनिर्देशिका पूर्णरूपमा पालना नभएको विशेषज्ञहरूको दाबी छ । ‘एकोहोरो स्थानान्तरण गरिरहनुभन्दा विगतको उपलब्धि र कमीकमजोरीबारे स्वतन्त्रविज्ञद्वारा मूल्यांकन गराई त्यसका आधारमा मात्र नयाँ कार्यक्रम बनाउनु उपयुक्त हुन्छ,’ विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा बसेर तराईका वन्यजन्तु अनुसन्धान गरेका नवराज चापागाईंले भने, ‘चितवनवासीले उठाएका प्रश्न र केही विशेषज्ञहरूको विरोध चिर्न भने पनि स्वतन्त्र विशेषज्ञहरूबाट वैज्ञानिक अध्ययन आवश्यक देखिन्छ ।’

    डब्लूडब्लूएफ नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) जस्ता सहयोगी दाता र त्यहीं कार्यरत विशेषज्ञहरूलाई नै स्थानान्तरण र अनुगमन दुवैको जिम्मा दिँदाको परिणाममाथि नै विशेषज्ञहरूले ‘अविश्वास’ गर्ने गरेका छन् । यस पटक पनि ती संस्थासहित जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल) को आर्थिक तथा प्राविधिक सहयोगमा गैंडा सारिँदैछ । उपमहानिर्देशक भट्टराईका अनुसार स्थानान्तरणमा यो वर्ष पनि करिब एक करोड रुपैयाँ खर्च हुँदैछ ।

    ‘बर्दियाको बबईमा गैंडा मर्नुको कारण के हो सर्वसाधारणलाई थाहै छैन,’ त्रिविको प्राणीशास्त्र केन्द्रीय विभागका अध्यापक तथा वन्यजन्तुविद् डा.मुकेशकुमार चालिसे भन्छन्, ‘त्यसका लागि वैज्ञानिक अध्ययन गरेर कारण पत्ता लगाउनेतिर सरकारले ध्यान दिएको देखिन्न, त्यही भएर जनताले जहिल्यै प्रश्न उठाइरहेका छन् ।’

    चालिसेका अनुसार चितवनभन्दा बबईको वातावरण/बासस्थान फरक छ । ‘बर्दिया एक डिग्री तातो छ,’ चालिसेले भने, ‘बासस्थान पो मिलेन कि वा प्रजनन प्रक्रियामा गडबडी भयो कि त्यसबारे पहिला विस्तृत अध्ययन आवश्यक छ ।’ करिब दुई वर्षअघि बासस्थान र सुरक्षाको कारण देखाउँदै बर्दिया निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले स्थानान्तरण रोकेका थिए । सुरक्षा व्यवस्था भने अहिले मजबुत छ ।

    वन्यजन्तुविद् चालिसे सारिएका गैंडा मर्दै जाने र सार्न पनि नछाड्ने हो भने दुर्लभ वन्यजन्तुको नोक्सानीबाहेक केही नहुने तर्क गर्छन् । ‘कतै हामी हचुवाको भरमा त वन्यजन्तु सारिरहेका छैनांै ?’ उनको प्रश्न छ, ‘उठेका यी प्रश्नको शंका निवारण गर्नु आवश्यक छ ।’
    विगतमा विभिन्न निकुञ्जमा प्रमुख संरक्षण अधिकृत भएर काम गरेका वन्यजन्तुविद् डा.नरेन्द्रमानबाबु प्रधान भने बबईमा बढीमा ५० गैंडा रहन सक्ने विश्लेषण गर्छन् ।

    ‘कर्णाली तट र बबई गरेर एक सय गैंडा बाँच्न सक्छन्,’ प्रधान भन्छन्, ‘घाँसे मैदान प्रशस्त भएकाले त्यति समस्या देख्दिन ।’ एनटीएनसीका गैंडाविज्ञ डा.नरेश सुवेदी कुनै पनि बासस्थानमा वन्यजन्तुको न्यूनतम संख्या बनाउन (स्थापित गर्न) का लागि पनि स्थानान्तरण अपरिहार्य ठान्छन् । ‘गैंडालगायत वन्यजन्तुमा कम्तीमा संख्या एक सय पुग्यो भयो भने अर्को सय वर्ष त्यो लोप हुँदैन भन्ने हो,’ सुवेदी भन्छन्, ‘कुनै पार्कमा गैंडा ५० वटा छन् भने वंश विस्तार तीव्र हुन्छ ।’ गैंडाले १६ महिनामा बच्चा जन्माउने र हुर्काउन नै ३ देखि ५ वर्ष लाग्ने भएकाले संख्या विस्तार ढिलोजस्तो लागेको हुन सक्ने उनको बुझाइ छ । स्थानान्तरणको प्राविधिक र वैज्ञानिक पक्षबारे सर्वसाधारणलाई बुझाउन चुकेको भने उनले स्विकारे ।

    विभागले बबईमा सुरक्षापोष्ट विस्तारका साथै घाँसे मैदान र पानीका कृत्रिम पोखरी बनाइएकाले गैंडाका लागि उपयुक्त वातावरण बन्दै गएको बताउँदै आएको छ । मन्त्रालयकै केही अधिकारी पनि हचुवामा स्थानान्तरण गर्न नहुने पक्षमा छन् । ‘दाताले आर्थिक सहयोग गर्‍यो भन्दैमा जथाभावी दुर्लभ वन्यजन्तु सार्नु हुँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा एक सहसचिवले भने, ‘स्थानान्तरणसम्बन्धी विस्तृत वैज्ञानिक अध्ययन र नीति आवश्यक देखिन्छ ।’

    विभागका महानिर्देशक मनबहादुर खडकाले बबई र शुक्लामा संख्या कम हुनाका साथै पोथी र भाले गैंडा कम भएकाले स्थानान्तरणमा जोड दिएको बताए । ‘संख्या बढाउने हाम्रो मुख्य उद्देश्य हो,’ उनले भने । मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख महेश्वर ढकाल स्थानान्तरणअघि तिनको बासस्थान, घाँसे मैदान र सिमसारको अवस्था कस्तो छ भन्नेबारे सचेत हुनुपर्ने तर्क गर्छन् । ‘स्थानान्तरणपछि कम्तीमा ५ वर्ष सूक्ष्म अनुगमन आवश्यक छ,’ ढकालले भने, ‘सुरक्षा र तल्लो तहका कर्मचारी र स्थानीय समुदायको क्षमता विकासमा पनि जोड दिनुपर्छ ।’

    डब्लूडब्लूएफ नेपालका वन्यजन्तुविज्ञ डा.कञ्चन थापाले शुक्लामा संख्या न्यून भएकाले संख्या बढाउन अरू गैंडा थप्नुपरेको बताए । ‘संख्या बढाउन र दिगो व्यवस्थापनका लागि स्थानान्तरण नै विकल्प हो,’ उनले भने । डा.प्रह्लाद योञ्जन र डा.सुवेदीको अध्ययनले शुक्लामा गैंडा बाँच्न सक्छ भन्ने अध्ययनको निष्कर्षका साथ सन् २००१ मा त्यहाँ पहिलो पटक गैंडा स्थानान्तरण गरिएको उनले सुनाए । शुक्लामा ठूलो घाँसे मैदान र पानीको उपलब्धता भएकाले अरू गैंडा बाँच्न सक्ने उनको बुझाइ छ । साभार कान्तिपुर


    Facebook Comment


    No ads found for this position