धार्मिक पर्यटकीयस्थलको विकासमा सरकार प्रतिबद्ध

पोखरा, १६ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले धार्मिक पर्यटकीयस्थलको विकासमा सरकार प्रतिबद्ध भएको बताउनुभएको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आज स्थलगत अवलोकन गर्दै उहाँले नेपालमा धार्मिक एवम् पर्यटकीय दुवै महत्व राख्ने पर्याप्त स्थल रहेकाले तिनको प्रचार एवम् नीतिगत सहयोगका लागि सरकार तयार रहेको बताउनुभयो ।

गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेल, सदस्य हिक्मत कार्कीलगायतले धार्मिक एवम् पर्यटकीय महत्वको गुफा क्षेत्रको विकासले पोखरा र आसपासको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


Facebook Comment


No ads found for this position