यस्तो हुनेछ सामसङ ग्यालेक्सी एस एइट

सामसङले बजारमा ल्याउन लागेको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी एस एइटमा भौतिक होम बटन नरहने भएको छ भने फोनमा नयाँ भर्चुअल असिस्टेन्टको फिचर रहनेछ ।

ग्यालेक्सी एस सेभेन र एस सेभेन एजको जत्रै स्क्रिन साइज भए पनि एस एइट र एस एइट प्लसको स्क्रिन भने केही ठूलो देखिनेछ । दुवै फोनमा कर्भ स्क्रिन डिजाइन रहनेछ ।

अघिल्लो वर्ष बजार पठाएको ग्यालेक्सी नोट सभेन डिभाइस पड्किएर बजारबाट फिर्ता लिनुपरेपछि कम्पनीले चाँडै ग्यालेक्सी एस सिरिजको फोन बजार पठाउन लागेको हो । ग्यालेक्सी एस एइट अप्रिल २१ मा रिलिज हुनेछ ।

सामसङका अनुसार नयाँ फोनमा प्रयोग गरिएको १८।५स्९ रेसियाले दुई एप एकै पटक चलाउन सजिलो बनाउनेछ ।

सामसङले फोनसँगै आफ्नो भर्चुअल असिस्टेन्ट बिक्सबाईसमेत रिलिज गर्नेछ । यो एप्पलको सिरीजस्तै भर्चुअल असिस्टेन्ट हो जसले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार काम गर्न सक्छ । समयसँगै बिक्सीबाईको क्षमता बढाउदै लाने कम्पनीको योजना छ ।

भर्चुअल असिस्टेन्टको लागि एस एइटमा छुट्टै बटन हुनेछ । बिक्सबाईले फोटो ग्यालेरी, म्यासेज, वेदरसहित १० भन्दा बढी एपमा आवाजमार्फत दिइएको निर्देशनअनुसार काम गर्न सक्छ ।

सामसङजे ग्यालेक्सी एस एइटको प्रोसेसर अझैं प्रभावकारी बनाएको दाबी गरेको छ । साथै, नयाँ स्मार्टफोनमा १२ मेगापिक्सेलको रेअर क्यामेरा, सेक्युरिटी कोडमा फिंगरप्रिन्टको सट्टामा आईप्रिन्ट राख्ने सुविधा रहने जनाएको छ ।


Facebook Comment


No ads found for this position