दुई हजार वर्ष पुरानो बस्तीबारे कृति

काठमाडौँ, १७ चैत । लेखक मनिराज डङ्गोलले टोखाको दुई हजार वर्ष पुरानो बस्तीका बारेमा अनुसन्धान गरी लेखेको ‘प्राचीन नेपाल तथा काठमाडौँ उपत्यकाको उत्तरी प्रवेशद्वार’ शीर्षक कृति आज विमोचन गरिएको छ ।

कृतिमा लिच्छिविकालीन अभिलेख, टोखा र धापासी, संस्कृति र सम्पदा, स्थानीय बौद्ध चैत्य, पुराना धारा तथा इनार सम्पदा, चाकुलगायत विषयवस्तु छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले कृतिको लोकार्पण गर्दै लिच्छिविकालीन समयदेखि नै महत्वपूर्ण टोखामा सभ्यता र संस्कृतिको राम्रो विकास भएकोे बताउनुभयो ।

उहाँले त्यस क्षेत्रको प्राचीन महत्वका चण्डेश्वरी र नारायण मन्दिरको मर्मत तथा जीर्णोद्धारका लागि बजेट विनियोजन भएको जानकारी दिँदै तलेजु मन्दिर भने चाँडो पुनःनिर्माण हुने बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष उमाकान्त पराजुलीले कृतिमा स्थानीय इतिहास, संस्कृति तथा पुरातात्विक महत्वका सम्पदाका बारेमा पर्याप्त जानकारी पाइन्छ भन्नुभयो । प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला, वरिष्ठ सञ्चारकर्मी प्रकाश उपाध्याय, पत्रकार कुमार रञ्जित, साहित्यकार रत्नप्रसाद श्रेष्ठलगायतले कृति उपयोगी रहेकाले अङ्ग्रेजीमा प्रकाशन गरी अन्तर्राष्ट्रिय तहमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।


Facebook Comment


No ads found for this position