हिमालय एयरलाइन्सले तेस्रो एयरबस विमान आज आउने

१८ चैत, काठमाडौं ।  नेपाल–चीनको सयुक्त लगानीमा हिमालय एयरलाइन्सले तेस्रो एयरबस विमान आज आउने भएको छ। एक वटा विमानबाट एकवर्ष अगाडि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालयले दोस्रो एयरबस विमान फागुनमा ल्याएको थियो।

ए–३२०–२१४ सिरिजको नयाँ न्यारोबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विहान १० आइपुग्ने हिमालयले जानकारी दिएको छ। हिमालयले एयरबस कम्पनीबाटै सिधै नयाँ विमान खरिद गरेको हो।

उक्त विमान जर्मनीको ह्याम्बर्गमा निर्माण भएको र त्यहाँबाट विभिन्न गन्तव्य हुँदै काठमाडौं आइपुग्ने छ।

हाल दुईवटा विमान भएको हिमालयले मलेसिया,कतार,श्रीलंका र म्यानमारमा उडान गरिरहेको छ। भारत र चीनका सहरहरुमा पनि उडान सुरु गर्ने योजना बनाएको हिमालयले नयाँ विमान ल्याएपछि थप गन्तव्य विस्ता गर्ने व्यावसायिक योजना बनाएको छ।

तीब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको हिमालयले २०७३ जेठदेखि दोहा, कतार र अक्टोबर १ २०१६ मा कोलम्बो, श्रीलंका उडान सुरु गरेको थियो। एयरलाइन्सले यही सिरिजको विमान सन् अघिल्लो वर्षको मार्चमा पहिलोपटक ल्याएको थियो जसको नेपाली दर्ता नम्बर ‘नाइनएन–एलएम’ रहेको छ। त्यस्तै उसले दोस्रो विमान गएको माघमा ल्याएको थियो।

नयाँ विमान आएपछि हिमालयसँग तीनवटा विमान हुनेछन्। जसबाट पहिलो चरणमा साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई थाइल्याण्डको बैंकक चीनका वेइजीङ्ग, ल्हासा र छेंदगुमा प्रत्यक्ष उडान गर्ने योजना बनाएको छ।

हिमालयले अबको एकवर्षभित्र एरबस वाइडबडी विमान ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका प्रत्यक्ष उडान गर्ने योजना पनि बनाएको छ।


Facebook Comment


No ads found for this position