सिद्धार्थमा स्वाद र संगीतको सम्मिश्रण

१८ चैत, काठमाडौं । सिद्धार्थ कटेज नेपालगन्जले  हरेक शुक्रबार सिद्धार्थ गजल साँझ सुरु गर्ने भएको छ । कटेजले ग्राहकहरुलाई आफ्ना परिकारहरुको स्वादसँगै सुमधुर संगीत श्रवण गराउने उद्देश्यले शुक्रबार साँझ ६.३० बजेदेखि ९.३० बजेसम्म नेपाली र हिन्दी भाषाका गीत/गजलहरु समाविष्ट गरी गजल साँझ सुरु गर्न लागेको हो ।

गजल साँझमा नेपालगन्जका चर्चित गायकहरु दीपक सल्मानी, बैणमी शर्माका साथै किबोर्डमा पुर्ण थापा, कङोमा भरत थापा, ड्रममा समिर गुरुङ र गीतारमा  समीर श्रेष्ठ सहितका कलाकारहरुको प्रस्तुती रहने गजल साँझ कार्यक्रमका संयोजक सुन्दर गुरुङले जानकारी दिए ।

‘शान्त र पारिवारिक वातावरणमा स्वादिष्ट परिकारहरु उपलब्ध गराउदै आएको सिद्धार्थ कटेजले आफ्नो सेवालाई थप प्रभावकारी बनाउँदै जाने क्रममा गजल साँझ सुरु गर्न लागेको हो ।’– सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका महासचिब मुक्तिराम भण्डारीले भने ।


Facebook Comment


No ads found for this position