जाने हाेर्इन त, ताप्लेजुङ्गको गुम्बा डाडाँ होम-स्टे (फोटो फिचर)

भरतबन्धु थापा
वरीपरी जंगल विचमा बस्ती । बस्ती प्रवेश गर्नु अघि गुम्बा । गुम्बाका कारण गाँउलेहरुले नै गुम्बा डाँडा नाम राखे । गुम्बा डाँडामा जम्मा जम्मी ९० वटा घर रहेका छन् । ताप्लेजुङ्गको सदरमुकाम फुङलिङ बजार देखि ४ किलोमिटर माथि र ताप्लेजुङ्गको विमान स्थल सुकेटार देखी ३ किलोमिटर तल पर्दछ गुम्बा डाँडा । अहिले यो स्थानमा स्थानियहरुले होम स्टे संचालनमा ल्याएका छन् ।
नेपाल तथा भारतमा प्रख्यात पुर्वको पाथीभरा मन्दिर दर्शन गर्न आउने भक्तजन लगाएत आन्तरीक पर्यटकलाई लक्षीत गरेर होम स्टे संचालन गरेका हुन् ।
सडक सन्जाल सगै जोडीएका कारण पनी यो होम स्टे निकै उपयुक्त रहेको छ । २०६९ साल देखि संचालनमा आएको गुम्बा डाँडमा अहिले जम्मा ९ घरमा होमस्टे संचालनमा आएको छ । होम स्टे संचालनका लागी ग्रेट हिमालयन ट्रेलले तालीम दिएको थियो । यो स्थानबाट पाथीभरा मन्दिर परीसरको थुम्को, फुङलिङ बजार हेर्नका लागी उपयुक्त स्थल पनी हो । पहिले पहिले त हिमालहरु सेताम्य देखिन्थे तर अहिले काला पत्थर मात्र देखिने बताउछन ताप्लेजुङ्गका सगम शेर्पा । उनी भन्छन् यहाँको होम स्टेमा जती पाहुनाहरुको आगमन हुनु पर्ने हो त्यती हुन सकेको छैन ।
यस्का लागी यहाँकै होम स्टे संचालकहरुले प्रचार प्रसारमा ध्यान दिनु पर्ने बताए ।
होम स्टेमा आएका पाहुनहरलाइ समय विताउन तथा जानकारीका लागी नजीकै साँस्कृतीक सग्राहलय पनी रहेको छ । सग्राहलयमा गुरुङ्ग समुदायले आफ्नो दैनिक जिवनमा प्रयोग गर्ने गर गहना तथा उत्पदानका सामाग्रीहरु राखीएका छन् । सग्राहलय बाहेका छ्र्योर्खोलिङ गुम्बा रहेको छ । गुम्बामा शाक्यमुनी बुद्ध र अवलोकितेशवरका मुर्ति रहेका छन् । गुम्वा डाँडा होम स्टेका अध्यक्ष पूर्णकुमारी गुरुङ्ग भन्छीन होम स्टे त हामीले संचालन गरेका छौ तर त्यती पाहुनाहरको आगमन हुन सकेको छैन । यसो हुनुका कारण पाहुनाहरुलाई उचित जानकारी पनी नभएर हो की जस्तो लाग्छ । अव आफुहरुले पाथीभरा माता देविको दर्शन गर्न आउने पाहुनाहरुलाई जाने बाटोहरुमा सुचना बोर्ड राख्ने सोच रहेको बताई ।

कोषअध्यक्ष ,गाउँ पर्यटन प्रबद्धन मञ्च
होम स्टेका अवधारणा अनुसार होम स्टेहरु संचालन भएका छैनन्
होम स्टेका अवधारणा अनुसार अहिले नेपालमा होम स्टेहरु खासै संचालन भएका छैनन् ।
पाहुनाहरुलाई आफ्नै घरमा बनेको तथा अर्गानकि खाना लगाएतका आधारभुत आवश्यक्ताहरु होम स्टे संचालकहरुले दिनु पर्ने हो तर यी कुराहरुलाई खासै ध्यान दिन सकीरहेको अवस्था छैन ।
सरकारले पनी होम स्टे संचलानका बिषयमा जती ध्यान दिनु पर्ने हो तयती दिन सकेको छैन ।
सम्बन्धीत निकाएहरुले होम स्टे संचालन भएका स्थानहरुमा होम स्टे कसरी संचालन गर्ने पाहुनाहरुर्ला कस्तो खानापीन तथा बासको ब्यबस्थापन गर्ने भन्ने बिषयमा प्रशिक्षण तथा तालीमहरको संचालन गर्नु पर्ने हो त्यो गर्न सकेको अवस्था छैन । यस्ले गर्दा होम स्टे संचालकहरु आफुखुसी होम स्टे चलाईरहेका छन् । यसलाई बेलैमा सोच्न जरुरी रहेको छ । नत्र होम सटे र होटलमा खासै भिन्नता देखिदैन ।