विजुली आएपछि खाना पकाउने ग्यासको माग बढेन्


यो बैठकपछि ग्यास प्रयोगको नयाँ क्षेत्र अध्ययनका लागि विज्ञ टोली बनायो।टोलीले अध्ययन गरेर ग्यास प्रयोगका क्षेत्रहरुका बारेमा प्रतिवेदन दिएपछि ग्यास उद्योगीहरुले नयाँ प्रडक्ट बजारमा ल्याउनेछन्। तर अहिलेनै ग्यास बोटलिङ प्लान्ट व्यवसायिक रुपमा टिक्न आवश्यक योजना बनाउन थालिसकेका छन्। व्यवसायीले ‘बिजनेश मोडल’ परिवर्तन गर्ने योजना बनाएका छन्।
लोडसेडिङ हटेपछि ग्यासको माग घटेको छ।घरायसी प्रयोजनमा मात्रै एलपी ग्यास बिक्रीमा केन्द्रित गरिरहेका व्यवसायीले ग्यास प्रयोगको नयाँ क्षेत्र खोज्न थालेका छन्।नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले लोडसेडिङ हटेपछि ग्यास बिक्रीको लागि नयाँ प्रडक्ट ल्याउनेतर्फ योजना बनाउन थालेको बताए।
अध्ययनपछि ग्यासको खपत बढाउने गरी नयाँ क्षेत्रमा बिक्रीका लागि अघि बढाउने उनले बताए।मनोज ग्यासका संचालक मनोज दासले घरायसी प्रयोजनमा ग्यास बिक्री गरेर उद्योग संचालन गर्न नसकिने बताउँदै नयाँ क्षेत्रमा ग्यास बिक्री गर्नेतर्फ योजना बनाउन थालेको बताए।उनका अनुसार औद्योगिक प्रयोजनमा ग्यास बिक्रीका लागि ठूलो सिलिण्डरमा ग्यास बिक्री गर्ने योजना अघि बढाउनुपर्छ।
यो वाहेक सवारी साधनमा समेत एलपीजी ग्यास प्रयोगमा ल्याउनुपर्ने बताउँदै सफा इन्धनको रुपमा एलपीजी ग्यासको प्रयोगलार्इ बढाउनुपर्ने दासले बताए।लोडसेडिङका कारण पछिल्लो समयमा ग्यासको माग बढ्दो क्रममा थियो।सफा इन्धनको रुपमा ग्यासको प्रयोग हुन थालेपछि आर्थिक वर्ष २०५६/५७देखि २०७१/७२ सम्मको १५ वर्ष अवधिमा ग्यासको खपत ७ सय ४३ प्रतिशतले बढेको देखिन्छ।यो अवधिमा ग्यासको वृद्धिदर वर्षेनी औषतमा १५ प्रतिशतको हाराहारीमा छ।