श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण

फलेवास (पर्वत), २० चैत । यहाँको एक विकट गाउँका बासिन्दाले श्रमदानमा पर्यटकीय पदमार्ग पुनःनिर्माण गरेका छन् । पर्वतको प्रसिद्ध पर्यटकीयस्थल हम्पालको जलजला हुँदै म्याग्दीको मोहरेडाँडा पुग्ने एक हजार एकसय मिटरको पर्यटकीय पदमार्ग उत्तरी पर्वतका लेस्पारबासीले श्रमदान जुटाइ पुनः निर्माण गरेका हुन् ।

मोदी गाउँपालिका–४ क्याङ लेस्पारको खर्सुवास र रेशपातल सामुदायिक वन समूहमा आवद्ध उपभोक्ताले ३५ वर्षदेखि पर्यटकलाई आवातजावत गर्न असहज हुँदैआएकाले पुनःनिर्माण गरेर सहज बनाइएको स्थानीयवासी नरसिंह पुनले जानकारी दिनुभयो ।

सो पदमार्ग निर्माणबाट पर्वतको सबैभन्दा अग्लो तीन हजार तीन सय मिटर उचाइमा रहेको हम्पाललेकदेखि मोहरेडाँडामा पुग्नसहज हुनेभएको छ । विगतका समयमा लेस्पारबाट मोहरेडाँडा पुग्न ६ घन्टा लाग्ने गरेकामा पदमार्ग निर्माण पछि चार घन्टामा नै पुग्नसकिने भएको छ । सो पदमार्गका लागि गाउँबासीले रु पाँच लाख बराबरको श्रमदानमा ब्यहोरेको अनुमान छ ।

कास्कीको नयाँ पुल, मोहोरिया, लेस्पार हुँदै म्याग्दीको नागी, पुनहिल र मोहोरेडाँडा, फामेडाँडा जानका लागि आन्तरिक तथा बाह्य पर्यटकले उक्त पदमार्ग प्रयोग गर्दै आएका छन् ।


Facebook Comment


No ads found for this position