जीवनमा एक पटक घुम्नै पर्ने स्थल :मुस्ताङ (फोटो फिचर)

हिमालपारीको जिल्ला मुस्ताडको आफ्नै मौलिक संस्कृतिका कारण पनि प्रख्यात छ । अन्नपूर्ण संरक्षणक्षेत्रमा पर्ने लोमाङथाङ घुम्ने पर्यटकको संख्या बढिरहेको छ । मुस्ताङ नेपालीमात्र नभएर बिदेशी पर्यटकका लागि आर्कषक गतन्ब्य हो । मुक्तिनाथको दर्शन पनि गर्न पाईने र शाहसिक पदयात्रा पनि हुने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा परेको हो ।
मुस्ताड तल्लो र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ । देशमा गणतन्त्र आईसक्दा पनि त्यहाँ राजा र राजपरिवार प्रति गर्ने सद्भाव नै माथिल्लो मुस्ताङको अर्को बिशेषता हो । माथिल्लो मुस्ताङमा सडकको पहुच पुगेपछि अहिले आन्तरीक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको छ ।
विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले सन् २०१३ का लागि उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचिकृत गरेपछि मुस्ताङ जीवनमा एक पटक घुम्नै पर्ने भ्रमणस्थलको सूचिमा सूचिकृत भएको हो ।

कसरी पुग्ने
पोखरादेखि जोमसोमसम्म हवाईजहाजमार्फत यात्रा गर्न सकिन्छ । त्यसपछि पैदल यात्रा गरेर तीन दिनमा लोमाङथाङ पुग्न सकिन्छ । जोमसोमदेखि जिपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ ।तस्बिर:भरतबन्धु थापा


Facebook Comment


No ads found for this position