काठमाडौंलाई मोरङले जित्यो, कुन जिल्लामा कति मतदाता ? (सूचीसहित)

काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १ करोड साढे ४० लाख मतदाताको नाम स्वीकृत गरेको छ ।

आयोगको आइतबारको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार गरिएको मतदाता नामावलीलाई अन्तिमरूप दिने निर्णय गरेको छ । जसअनुसार स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् ।

कुलमतदानतामा पुरुष ७० लाख ६९ हजार ७१४ महिला ६९ लाख ८४ हजार ६२५ छन् भने तेश्रो लिङ्गी मतदाताको संख्या १४३ रहेको छ । २०७३ फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र २०७३ फागुन ९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नामदर्ता गराएका मतदाताले स्थानीय तह निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने कानूनी व्यवस्था छ ।

आयोगको तथ्यांक अनुसार सबैभन्दा धेरै मतदाता मोरङमा छ । त्यहाँ ५ लाख ६३ हजार ८७० मतदाता छ भने काठमाडौंमा ५ लाख ५९ हजार ४०० मतदाता छन् । सबैभन्दा कम मतदाता मनाङमा ५ हजार ९५ छ ।

मधेसी मोर्चासहितका दलहरुले पुनः मतदाता नामावली संकलनको माग गरेपछि आयोगले अस्वीकार गरेको छ । मतदाताको नामावली कुनै पनि ठाउँमा ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले जनाएको छ ।

मतदााता नामावली स्वीकृत भएसँगै छपाइ शुरू भएको छ । मतदाता परिचयपत्र पनि आयोग परिसरमै छपाइ हुने भएको छ ।
मतदान केन्द्र पुनःनिर्धारणको कार्य सम्पन्न भएपछि स्वीकृत मतदाता नामावली केही दिनभित्रै सार्वजनिक गरिने आयोगले जनाएको छ ।

आयोगको कार्यतालिका अनुसार मतदाता नामावली र मतदाता परिचयपत्र छपाइ गरी २०७४ बैशाख १० गतेभित्र जिल्ला जिल्लामा ढुवानी गरिसक्नु पर्नेछ ।

कुन जिल्लामा कति मतदाता छन् ?

२०७३ चैत २० गते २१:०८ मा प्रकाशित (२०७३ चैत २१ गते ७:३४मा अद्यावधिक गरिएको)


Facebook Comment


No ads found for this position