पर्यटन प्रर्वद्धन गर्न बोर्डले बीबीसी, रोयटर्स र ट्रिप एडभाइजरसँग सहकार्य सुरु

 काठमाडौं । नेपालको पर्यटन प्रर्वद्धन गर्नका लागि नेपाल पर्यटन बोर्डले अन्तर्राष्टिय संचार माध्यमहरुसँग सहकार्य सुरु गरेको छ । बोर्डले एकैपटक बिबिसी, रोयटर्स तथा पर्यटन संस्था ट्रिप एडभाइजरसँग सहकार्य गरेको हो ।

आज नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन प्रवर्द्धन गर्न बिबिसी, रोयटर्स र टि्रप एडभाइजरसँग सम्झौता गरेको छ । पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी, बिबिसीका तर्फबाट दक्षिण एसियाका निर्देशक विशा भट्नाकर, टि्रप एडभाइजरका दक्षिण एसिया निर्देशक भरतनाथ पाल तथा रोर्यटसका दक्षिण एसिया निर्देशक एसएन बादरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

सहमतिपत्रमा पर्यटन बोर्डले उत्पादन गरेका सामग्रीहरु बिबिसी, रोयटर्स तथा ट्रिप एडभाइजरले आफ्ना संस्थाहरुका प्रकाशन तथा प्रसारण गर्ने उल्लेख गरिएको छ ।बिबिसीले ६ महिनासम्म प्रचार प्रसारका लागि ६ लाख ५० हजार डलर, रोर्यटसले ३ महिनाका लागी ७५ हजार डलर र टि्रप एडभाइजरले एक वर्षका लागी २ लाख ५० हजार डलर रुपैयाँ लिनेछन् ।

सहमतिअनुसार ट्रिप एडभाइजरमा भोलिदेखि नै प्रचार प्रसारका समाग्री आउन थाल्ने छन् । नेपालको पर्यटन सम्बन्धी अडियो, भिडीयो प्रचार प्रसार गर्नका लागि पर्यटन बोर्डले १४ करोड २५ लाख रुपैयाँ छुट्याएको थियो ।विविसीले टेलिभिजन तथा अनलाईनमा नेपालसम्वन्धी सामाग्रीलाई प्रशारण गर्ने जनाएको छ। बीबीसीका भट्टनाकरका अनुसार कम्पनीले मुख्यगरी एसिया, युरोप तथा अमेरिका, अष्ट्रेलियालार्इ केन्द्रित गरेर प्रचारप्रसार गर्नेछ। ट्रीप एडभाइजरले उसको ट्राभल साइटमा तीनसय ९५ वटामात्र होटेल रहेको भन्दै अझ धेरै प्रवद्धन गर्ने जनाएको छ। नेपालको पर्यटन क्षेत्रको मार्केटिङ, कन्टेन्ट थप, पर्यटन शिक्षा तथा पर्यटन आगमन ट्रेण्डको एनालाइसिस गरेर समाचार सम्प्रेषित गर्नेछ।रोयटर्सले नेपाली पर्यटनलाई विश्वव्यापीकरण गर्न नेपालका बारेमा फिचर स्टोरी तयार गर्ने र भर्जिन ठाउँहरुको एक्सप्लोर गर्नेछ।कार्यक्रममा बोर्डका सिइओ दिपकराज जोशीले पर्यटन प्रवद्धन गर्नका लागि नेपाली गन्तब्य प्रचार प्रसारका लागि कोशेढुंगा हुने बताए। यो सहमतिले नेपालको पर्यटन प्रवर्द्धनलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको  पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले बताए ।

उनले भूकम्पताका विश्वका मिडियाहरु नेपाल आएर सुरक्षित गन्तब्य नभएको सूचना सम्प्रेषित गरेको बताउँदै नकारात्मक सन्देश चिर्न सफल हुने दाबी गरे।पर्यटन सचिव शंकरप्रसाद अधिकारीले सन् २०११पछि विश्वव्यापी रुपमा नेपालको प्रचारप्रसार हुन लागेको बताए।


Facebook Comment


No ads found for this position