नेपाल पर्यटन बोर्ड र सोट्टोको रुस–फिनल्याण्ड सेल्स मिसन सपन्न

२१ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर (सोट्टो) नेपालको सहआयोजनामा रुस फिनल्याण्डमा नेपाल सेल्स मिसन मार्च २७ देखि अप्रिल ३ सम्पन्न भएको छ । रुसका तीन शहरहरु–मस्को, सेन्ट पिटर्सबर्ग र एकाटेरिनबर्ग अनि फिनल्याण्डको हेलसिन्कीमा यी कार्यक्रमहरु आयोजना गरिएको हो । नेपालबाट २० जना ट्राभल टूर अपरेटहरुको सहभागितामा पहिलो पटक यति ठूलो सेल्स मिसन आयोजना भएको हो ।

सेल्स मिसनको उद्धेश्य नेपाली ब्यवसायीहरुले रुसी र फिनल्याण्डका समकक्षी टूर अपरेटरहरुसँग सम्बन्ध विस्तार गरी ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउनु हो । प्रत्येक शहरहरुमा पचास भन्दा बढी स्थानिय टुर अपरेटहरुको सहभागिता रहेकोमा सेन्ट पिटर्सबर्गमा ९० टुर अपरेटरहरुको सहभागिता हुनु उत्साहवद्र्धक थियो ।
यी अपरेटरहरु नेपालमा आफ्नो सेवा विस्तार गर्न इच्छुक थिए र धेरैले आफ्नै तरिकाले पर्यटक पठाइरहेकामा सेल्स मिसनले नेपाली ब्यवसायीसँग भेट गराइ अझ जोडले नेपालमा पर्यटक पठाउन सघाउ पुग्ने बताए ।
रुसका लागि नेपाली महामहिम राजदूत ऋषिराम घिमिरेले उक्त अवसरहरुमा नेपालमा गरिने पर्यटकीय क्रियाकलापको बृद्धि गर्न नेपाल सरकारले साथ दिने बताउनुभयो । सेन्टपिटर्सबर्गका लागि मानार्थ कन्सुल अलेक्जेण्डर तेरेन्तिभले पनि सेल्स मिसनलाई सम्वोधन गर्नु भएको थियो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृतहरु सुधन सुवेदी र कुन्दन शर्मा मिश्रले प्रस्तुतिकरण मार्फत नेपालको पर्यटकीय गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने सोट्टो नेपालका अध्यक्ष अनिल लामाले नेपालमा हुन सक्ने प्याकेजहरुका बारेमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रम पश्चात सहभागी टुर अपरेटरहरुलाई नेपाल विज्ञका रुपमा प्रमाणपत्र प्रदान गरिएको थियो । रुसका लागि नेपाल पर्यटन बोर्डको मानार्थ प्रतिनिधिहरु सपिला राजभण्डारी र लियोनिद मास्किनोभले कार्यक्रमहरुको सफल आयोजनाका लागि सहयोग गर्नुभएको थियो ।
सहभागीहरु मध्ये प्रत्येक शहरबाट दुई जनालाई सोट्टो नेपालको तर्फबाट नेपालको सात रात आठ दिनको प्याकेजको पुरस्कार प्रदान गरिएको थियो भने टर्किस एअरले सेण्ट पिटर्सबर्गबाट दुई जनालाई बिजनेस क्लासको आतेजाते हवाइ टिकटको ब्यवस्था गरेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले पनि यस अभियानलाई सहयोग गरेको थियो ।
नेपालबाट रुस फिनल्याण्ड सेल्स मिसनमा सहभागी ट्राभल कम्पनीहरुः लिभिङ्ग एडभेन्चर होलिडेज, एरोलिना टुर्स एण्ड ट्राभल्स, इन्साइट एसिया सर्भिस, अन्जलीट्राभल्स एण्ड टुर्स, फारवेष्टट्राभल्स एण्ड टुर्स, स्नोबर्डट्राभल्स एण्ड टुर्स, एजिएजट्राभल्स, भेनस इन्टरनेशनलट्राभल्स एण्ड टुर्स, भरोसाट्राभल्स एण्ड टुर्स, कमलट्राभल्स एण्ड टुर्स, रोलेक्सट्राभल्स एण्ड टुर्स, गोल्डेनगेट होलिडेज, सक्सेस होलिडेज, युटोपियाट्राभल्स एण्ड टुर्स, सक्सेस नेपालट्राभल्स एण्ड टुर्स, पासट्राभल्स एण्ड टुर्स, बिन्दासट्राभल्स एण्ड टुर्स, अर्किडहोलिडेज ट्राभल्स र वेल नेपालट्राभल्स एण्ड टुर्सरहेका छन् ।


Facebook Comment


No ads found for this position