नेपाल वायु सेवा निगमले चारवटा न्यारोवडी विमान थप्दै

उमेश पौडेल ,काठमाडौं। एग्रेसिभ बजार विस्तारको रणनीति लिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले थप चारवटा न्यारोबडी जहाज खरीदका लागि गृहकार्य थालेको छ।

दुर्इवटा वार्इडबडी जहाज खरीद सम्झौंताको चरणमा रहेको निगमले फ्रान्सेली कम्पनी एयरवससँग जहाज खरीदका लागि गृहकार्य थालेको हो। एयरवससँग चारवटा जहाज खरीदका लागि गृहकार्य थालिसकेको निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले बताए। नयाँ जहाज खरीद प्रक्रियाका लागि कागजपत्र, जहाजको डिजाइन तथा सिट संख्या समेत तय भइसकेको कंसाकारले बताए।

उनका अनुसार  सन् २०१९ मा दुईवटा र २०२० मा थप दुईवटा जहाज ल्याउनेगरी कागजी प्रक्रिया अगाडि बढिसकेको छ। एयरवससँग ए ३१९, ३२० र ३२१ मोडेलका जहाज निगमले ल्याउनेछ।यो जहाजमा एकसय २० देखि एकसय ८० वटा सीट रहने कंसाकारले बताए। न्यारोवडी जहाजमा आठवटा विजनेश क्लास र बाँकी इकोनोमी क्लासका सीटहरु रहने उनले बताए।’निगमको बर्षमा दुईवटा जहाज भित्र्याउने लक्ष्य अनुरुप सवै होमवर्क भइरहेको छ’ कंसाकारले विजमाण्डूसँग भने ‘नयाँ जहाजको मूल्यका लागि पहिलो लटका जहाजको खरीद सम्झौता भएपछि नेगोसिएसन हुनेछ र त्यसवाट नेपालले अन्तर्राष्ट्रिय उडानमा फड्को मारेर निगम नम्बर वान बन्नेछ।’ थप चारवटा विमान आएपछि एसियाली गन्तव्यमा केन्द्रित गरेर उडान गर्ने योजना निगमको छ।

ती जहाजवाट चीनका मुख्य सहरहरु, भारतका मुख्य सहरहरु, सार्क देशका पर्यटकीय केन्द्र तथा एसियाका प्रमुख गन्तव्यहरुमा सेवा विस्तार गर्ने कंसाकारले बताए।कंसाकारले नेपालको अन्तराष्ट्रिय उडानमा विदेशी कम्पनीको मनोमानी भाडा रहेको बताउँदै  भाडा घटाउन निगमले महत्वपूर्ण भूमिका निभाउने दाबी गरे।

न्यारोबडी जहाज खरीदका लागि एयरवससँग सम्झौंता हुने उनले बताए।’हामीले छिट्टो जहाज ल्याउन कम्पनीमार्फत खरीद गर्न खोजिएको हो।तर विचौलियामार्फत खरीद गरेको भन्दै जहाजनै ल्याउन नदिने गरी चलखेल भइरहेको छ’उनले भने,न्यारोबडी जहाज सोझै एयरवससँग हुनेछ।’निगमले एयरवसका ए ३३०-२०० सिरिजका दुईवटा वाइडवडी जहाज खरीद सम्झौंता केही दिनमा हुँदैछ।

यी दुर्इ जहाज सन् २०१८भित्र संचालनमा ल्याइसक्ने निगमको योजना छ।यो जहाज किन्न निगमले कर्मचारी संचय कोषबाट ९ प्रतिशत ब्याजमा ऋण लिँदैछ।केही दिनभित्रै निगम र कोषबीच ऋण सम्झौंता समेत हुनेछ।


Facebook Comment


No ads found for this position