बर्दियामा पाटेबाघ हेर्ने पर्यटकको घुँईचो

बर्दिया तराईकै सबैभन्दा ठूलो बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र अवस्थित तिनकुनेमा पाटेबाघ हेर्ने पर्यटकको घुँईचो छ।नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड लाग्ने गरेको हो।बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने तिनकुने क्षेत्र बाघ हेर्नको लागि मनोरम स्थान मानिन्छ। तिन वटा नदीको कुना एकै ठाउँमा मिलेको हुनाले त्यस क्षेत्रलाई तिनकुने भनिएको हो। बाघ हेर्नको लागि तिनकुनेमा पर्यटकहरु घण्टौ कुरेर वस्ने गर्छन्। केही समयको प्रतिक्षा पछि तिनकुनेमा बाघ हेर्न पर्यटकको धोको पुग्ने गरेको छ।

कतिपय स्वदेशी तथा विदेशी विद्यार्थीहरु बाघको अनुसन्धानका लागि समेत महिनौ सम्म तिनकुनेमा विताउने गर्छन्। यो महिना वाघ अवलोकनका दृष्टिले साह्रै उपयोगी महिना मानिन्छ।बाघको मंसिर देखि वैशाख महिना सम्म गर्भधारणको समय हुने भएकाले पनि यी दिनहरुमा जंगल क्षेत्रमा वाघको वढी विचरण हुने गरेको पाईन्छ। तिनकुने क्षेत्र वाघले पानी पिउन, शिकारको लागि ओहोर दोहोर गर्ने निकुञ्ज भित्रको महत्वपूर्ण चोक भएकाले पनि त्यस क्षेत्रमा बाघ सजिलै हेर्न पाईन्छ।

यतिखेर बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नकै लागि पर्यटकहरु आउने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए। उनले भने स्वदेशी पर्यटकले बाघलाई कम महत्व दिएपनि विदेशी पर्यटकहरुले महत्वका साथ निकुञ्ज भित्र र्दुलभ पाटेबाघ हेर्न तछाड मछाड गर्दैछन्।


विश्वका धेरै देशहरुबाट पर्यटकहरु यो महिनामा वाघ हेर्नकै लागि आउँने गरेका छन् । उनले थपे अध्ययन, अनुसन्धानका लागि पनि आउने विद्यार्थीको संख्या उत्तिकै छ।सन् २०१३ को वाघ सर्भेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा गरी नेपालमा १९८ वटा पाटेबाघ रहेको तथ्याङक छ।

सन् २०१६ मा गरिएको बाघ अनुगमनका क्रममा बर्दियामा ८५ वटा पाटेबाघ छन्। यस बर्ष पनि क्यामरा ट्रापिङ्ग प्रविधिबाट बाघको अनुगमन गरिएको छ केही दिनपछि त्यसको रिपोर्ट आउने क्रममा रहेको निकुञ्जले जनाएको छ।उनले अगाडी थपे विदेशी पर्यटकहरु आफ्नो अनुकुलता र तालिका अनुसार नेपाल भ्रमणमा आउने भएकाले विशेष गरी बाघ हेर्नको लागि समय दिएरै आउने गरेका छन्। निकुञ्जमा गतबर्षको तुलनामा पर्यटकको संख्या वढेको छ।बर्दिया राष्ट्रिय निकुञ्जमा यसबर्ष हाल सम्म ९ हजार ६ सय ६७ जना भन्दा वढी नेपाली, सार्क लगायत विदेशी पर्यटकहरुले अवलोकन भ्रमण गरेको उनले जानकारी दिए निकुञ्जले सोही अवधीमा साढे १ करोड भन्दा वढी राजस्व समेत संकलन गरेको छ।

बर्दिया निकुञ्ज विश्वमै र्दुलभ वन्यजन्तु पाटेबाघको लागि उपयुक्त वासस्थान मानिन्छ। ९ सय ६८ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज पूर्वमा वाँके, पश्चिममा कैलाली र उत्तरमा सुर्खेत जिल्लाको सिमाना सम्म जोडीएको छ। पश्चिम नेपालकै आर्कषक पर्यटकिय गन्तव्यको सम्भाव्यता वोकेको निकुञ्ज राष्ट्रिय पर्यटनसँग जोडीन नसक्दा ओझेलमा पर्ने गरेको स्थानियको गुनासो छ।अन्नपूर्ण


Facebook Comment


No ads found for this position