सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (फोटो फिचर)

 

काठमाडौँ, २२ चैत । वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज तीनधारा पाठशालाबाट सुरु भएको छ ।तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै असन पु¥याइएको छ । आज रथलाई असनमै राखिनेछ भने भोलि रथलाई हनुमानढोका पु¥याइने रथ यात्रा व्यवस्थापन समितिका सदस्य विनोद तुलाधरले जानकारी दिनुभयो । सो रथयात्रा बिहीबार लगन पु¥याउने कार्यक्रम छ ।
सांस्कृतिक बाजागाजासहित गुर्जुको पल्टनले सम्मान दिएपछि रथयात्रा सुरु भएको हो । रथयात्रामा विभिन्न उमेर समूहका मानिसको सहभागिता थियो ।
राजनीतिज्ञ तीर्थराम डङ्गोलले रथयात्रा काठमाडौँ उपत्यकाको महत्वपूर्ण पर्व भएको र त्यसलाई सबैले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन् ।


Facebook Comment


No ads found for this position