हात्तीसँगको सेल्फीले लियो ज्यान

राजविराज : सेल्फी लिने क्रममा हात्तीको आक्रमणमा परी मंगलबार सप्तरीमा दुई युवकको मृत्यु भएको छ।सप्तरीको हनुमाननगर बजार प्रवेश गरिरहेको हात्तीको अगाडि उभिएर सेल्फी लिने क्रममा हात्तीको आक्रमणमा परेका हनुमाननगर कंकालिनी नगरपालिकाका ७ का २३ वर्षीय रोशनकुमार झा र ककालिनी नगरपालिकै ६ का ३० बर्षीय सञ्जयकुमार साफी गम्भीर घाइते भएका थिए।

हात्तीले सुढले प्रहार गरेपछि गम्भीर घाइते भएका झा र साफीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरी उपरिक्षक अनुराग द्विवेदीले जानकारी दिए।

हात्तीको आक्रमणमा सञ्जयको टाउकोमा चोट लागेको थियो। हात्तीले लखेट्ने क्रममा भएको भागाभागमा परी सोही ठाउ. २ का २६ वर्षीय संजय साह, १५ वर्षीय इस्ताफ मियाँ, १५ वर्षीय बसन्त मण्डल, वडा नं. १३ की नविना खातुन र १५ वर्षीय कालीचरण साह घाइते भएका छन्। हात्तीले लखेटने क्रममा लडेर उनीहरुको हात र खुट्टामा चोटपटक लागेको छ।


Facebook Comment