यी हुन् विश्‍वकै सबैभन्दा महंगा हिरा

एजेन्सी: हङकङगमा गुलाबी रंगको हीरा अहिलेसम्‍मकै सबैभन्दा बढी मूल्‍यमा लालामी भएको छ। उक्त हिराको मूल्‍य ७.१ करोड डलरमा बिक्री भएको हो।

अण्डा आकारको यो हिरा ५९.६ क्यारेटको रहेको छ। लीलामी सुरु भएको पाँच मिनेटमै यसको लिलामी भएको थियो।

यही हिराको लागि सन् २०१३ मा जेनेभामा भएको लिलामीको क्रममा ८.३ करोड डलरको बोली लगाएको थियो तर पैसा बुजाउन सकेका थिएनन्।

हिरा बिक्री गर्ने ७७ डायमण्डसका एलेक्जेन्डर ब्रेकनरले भनेका छन् ‘विश्‍वको मानव इतिहासमा यो हिराको बिक्री सबैभन्दा बढी हो। यसको रंगले गर्दा यसको मूल्‍य बढी महँगो भएको हो।


Facebook Comment


No ads found for this position