जाने हो ? नयाँ वर्ष मनाउन ‘रारा ’

गर्मी बढेसँगै रारामा घुम्न आउने आन्तरिक पर्यटकमा वृद्धि भएको छ। हिउँदको समय सकिएको सडक मार्ग पनि सहज भएका कारणले रारामा घुम्न आउने आन्तरिक पर्यटक बढेका हुन्। जाडोमा हिउँ पर्ने कर्णाली राजमार्गअन्तर्गत नाग्मादेखि मुगुको गमगढीसम्मको ९५ किमी सडकखण्ड अवरुद्ध हुने भएका कारणले राजमार्गबाट जान अप्ठयारो हुन्थ्यो। तर, अहिले हिउँ पग्लिएका कारणले पर्यटकहरुको वृद्धि भएको हो। रारा घुम्नलाई चैत्र वैशाख र जेठ महिना र भदौ असोज, कात्तिक महिना उपयुक्त भएका कारणले रारामा घुम्न आउने आन्तरिक पर्यटकहरुलाई सहज हुने गरेको मुगु फोतुका नरबहादुर रावतले बताए।

‘प्रायः पर्यटकहरु हिउँद सकिएपछि र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्।’ उनले भने, ‘त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन्।’ रारामा हिउँद सिजनमा दिनमा १०÷२० जना हुने गरेको भए पनि अहिले त्यो संंख्या बढेर दैनिक ५० जनादेखि १ सय जनाले राराको अवलोकन भ्रमणमा आउने गरेको रारा डाँफे होटेलका सञ्चालक गोपाल बमले बताए। ‘हिउँदको सिजनभन्दा अहिले पर्यटकहरु आउने संख्या बढेको छ।’ उनले भने, ‘वर्षा र हिउँदको समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन्।’ रारामा घुम्न आउने पर्यटकहरु नयाँ वर्ष सुरु हुन लागेको र नयाँ वर्षमा रारामा पर्यटकहरु धान्नै नसक्ने गरी आउने अनुमान गरिएको त्यहाँका स्थानीयलाई होमस्टेमा समेत राख्न तयारी थालिएको मुगु कार्कीवाडाका विश्वराज बूढाले बताए। ‘नयाँ वर्ष दसैं तिहार लगायतका चाडबाडका बेला रारामा घुम्न आउने घुइँचो लाग्ने गरेको छ।’ उनले भने, ‘त्यसैले अहिले गाउँमा होमस्टेको स्थानीयले तयारी गर्न थालेका छन्।’बिदा रारामा मनाउने संख्या वृद्धि भएका कारणले कर्णाली राजमार्गमा रहेका होटेल तथा अन्य व्यावसायिक चहलपहल पनि निकै बढेको नाग्ममा व्यवसायी नरेन्द्र रोकायाले बताए। ‘रारा घुम्न आउने पर्यटकका कारणले कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको पनि वृद्धि भएको छ।’ उनले भने,‘विगतका वर्षभन्दा यस वर्ष नयाँ वर्षको बिदामा रारा आउनेको संख्या निकै वृद्धि हुने अनुमान गरिएको छ।’ रारा पर्यटकहरु नयाँ वर्षमा धेरै आउने अनुमान गरिएका कारणले रारा पर्यटक जाने आसपासका विभिन्न होटलहरु अग्रिम बुकिङ हुन थालेको र त्यसलाई मध्यनजर गरेर होटल व्यवसायीहरुले तयारी तीव्र पारेको छन्। नयाँ वर्षमा सबै होटल अग्रिम बुकिङ रारा जाने पर्यटकहरुको वृद्धि भएका कारणले कालिकोटका केही नाम चलेका होटलहरुमा बासका लागि अग्रिम बुकिङ हुन थालेको छ। कर्णाली राजमार्ग भएर आउने भएर आउने पर्यटकहरुले कालिकोटका होटलमा अग्रिम बुकिङ गर्न थालेको र वैशाख १ गतेका दिनमा कालिकोटका प्रायः सबै होटल रारा आउने पर्यटकहरुले बुकिङ भइसकेको होटल हिलसाइटका सञ्चालक धर्मेन्द्र शाहीले बताए। ‘रारा जाने पर्यटकको चाप धरै छ।’ उनले भने, ‘वैशाख १ र दुई गतेका लागि कालिकोटका सबै होटल बुकिङ भइसकेका छन्।’  थाहा खबर


Facebook Comment


No ads found for this position