लाङटाङ गएका एक पर्यटक महिना दिनदेखि बेपत्ता

रसुवा, चैत २६ – रसुवाको लाङटाङ गएका डेनमार्कका २६ वर्षका मार्टिन उड्सेन ओभरगार्ड बेपत्ता भएका छन् ।सहयोगी बिना लाङटाङ पुगेका मार्टिन एक महिनादेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

मार्चको पहिलो हप्ता लाङटाङको क्यान्जिन गएका मार्टिन त्यसपछि परिवारको सम्पर्कमा नगएपछि परिवारले नेपाल स्थित डेनमार्क दूतावसमा लाङटाङबाट हराएको सूचना दिएका थिए ।

दूतावसले जिल्ला प्रहरी कार्यालय रसुवालाई मार्टिन हराएकोले खोजी गर्नका लागि मौखिक रुपमा आग्रह गरेपछि खोजी कार्य सुरु गरेको प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाँइले बताउनुभयो ।

लाङटाङको क्यान्जिन उपत्यकाबाट चार घण्टाको पैदल यात्राबाट पुगिने छेकुरी हिमालमा एक महिनाअघि भेटिएका मार्टिन त्यसपछि परिवारको सम्पर्कमा नगएको प्रहरीले जनाएको छ ।

मार्टिन रसुवाको बाटो भएर नआएकोले सुन्दरीजल हुँदै लाङटाङ पुगेको हुनसक्ने प्रहरीले आसंका गरेको छ । मार्टिनको रसुवामा कुनै पनि अभिलेख नभेटिएकाले अर्कै बाटोबाट गएको प्रहरीले आसंका गरेको हो ।


Facebook Comment


No ads found for this position