बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरको बेलीब्रिज जीर्ण

बेनी (म्याग्दी), २७ चैत । दैनिक दर्जनौँ निजी तथा भाडाका सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा रहेको बेलीब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ ।

जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हँुदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापसँगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने त्रास बढेको छ ।

पुलको बीच र आसपासमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभाग समेत बेखवर भएको स्थानीय अमृतमान शेरचनले बताउनुभयो ।
पुलमा परेको प्वालमा ठूला सवारीसाधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसीले बताउनुभयो ।

नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो ।
यसैगरी म्याग्दी र मुस्ताङ खण्डमा रहेका चारवटा पुलको मर्मत हुन सकेको छैन ।


Facebook Comment


No ads found for this position