यस्तो छ राराका लागि भिजिट कर्णालीको नयाँ वर्ष प्याकेज

काठमाडौं । भिजिट कर्णाली ट्राभल्सले आन्तरीक पर्यटकहरुको प्रमुख रोजाईमा परको राराका लागि नयाँ वर्ष प्याकेज ल्याएको छ ।नेपालको सबैभन्दा ठूलो ताल रारा पुग्नका लागि भिजिट कर्णालीले स्थल तथा हवाइमार्ग लक्षित गरी अफर ल्याएको हो । हवाईमार्ग भएर जानेका लागि तीन रात चार दिनको अफर ल्याएको छ भने स्थलमार्गको सात दिनको अफर ल्याइएको छ ।
हवाइमार्ग भएर जानेहरुका लागि काठमाडौंबाट सीधै पहिलो दिनमै रारा पुग्न सकिन्छ भने स्थलमार्ग भएर जाने हो भने तेस्रो दिनमा मात्रै पुग्न सकिन्छ ।

मुर्माटपबाट देखिएको राराको पुरा आकृती

हर्वामार्ग भएर जाने पर्यटकका लागी पहिलो दिन काठमाण्डौ देखि विहान ८स्४५ बजेको यती एयर देखि नेपालगन्ज फलाईट र सोही दिन नेपालगन्ज देखि मुगुको ताल्चा १० ४५ मा तारा एरमा जान सकिने जनाएको छ । ताल्चा देखि दुई घण्टाको पैदल पश्चात रारा पुग्न सकिन्छ । दोस्रो दिन रारा लाई पुरा चक्कर लगाउनुका साथै सुलिचौर हाईकिग । तेस्रो दिन रारा हेर्नका लागी सबैभन्दा उपयुक्त स्थल मुर्मा टप हार्यकिग रहेको छ । समुन्द्री सतह देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको मुर्माटप बाट राराको पुरा आकृती हेर्न सबैभन्दा उपयुक्त स्थल हो । यो स्थानबाट मध्य र सुदुर ८जिल्ला हेर्न सकिन्छ ।

सुर्य उदाँउदाको दृश्य

स्थल मार्गमा पहिलो दिन सुर्खेत, दोस्रो दिन कालीकोट र जुम्लाको सीमानामा पर्नेर् नाग्म हुँदै तेस्रो दिन रारा पुग्न सकिन्छ । हवाइमार्गबाट काडमाडौंदेखि नेपालगञ्ज हुँदै मुगुको ताल्चा विमानस्थलमा पुगेर ३ घण्टा पैदलयात्रा गर्नुपर्छ ।

रारामा दुई रात बस्न चाहनेहरु रारा पुरा परिक्रमा गर्दै नजिकै रहेको मुर्मा गाउँ र मुमा टपमा हाइकिङ जान सक्छन् । मुर्मा समुन्द्री सतहबाट ३ हजार ८ सय मिटर उचाइमा छ । यो स्थानबाट राराको पूरा आकृति हेर्नलाई सबैभन्दा उपयुक्त स्थल हो ।

रारामा जलयात्रा गर्दै आन्तरीक पर्यटकहरु

यो स्थानबाट मध्य र सुदूरपश्चिममा ८ जिल्ला अवलोकन गर्न सकिन्छ । स्थलमार्ग भएर जानका लागि प्रतिब्यक्ति २५ हजार र हवाइमार्ग भएर जान ३५ हजार रुपैयाँ खर्च लाग्ने भिजिट कर्णाली प्रबन्ध निर्देशक राजु कार्किले बताए ।

उनले भने,’यो खर्च हामीले नयाँ वर्षका लागि आन्तरिक पर्यटकले अफर ल्याएको हो ।’ यसमा रारा जाने पर्यटकका लागि सम्पूण खर्च ब्यहोरिने बताए ।

बैशाखको पहिलो हप्तामा राराताल


Facebook Comment


No ads found for this position