अमेरिकी डलरसहित नेपाल वायु सेवा निगमका क्याप्टेन पक्राउ

काठमाडौँ, २८ चैत । नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अमेरिकी डलरसहित आइतबार राति १०।४५ बजे पक्राउ परेका छन् ।

नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ–दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा उक्त उक्त रकम फेला परेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले जानकारी दिनुभयो ।

अवालले हातमा बोक्ने झोलामा उक्त रकम राखेर एयरपोर्टभित्र छिर्न लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनले छोरीलाई लगिदिनका लागि उक्त रकम बोकेको प्रहरीसमक्ष बताएका छन् ।

अवालेलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।


Facebook Comment


No ads found for this position